Today's Highlights

Fun & Fashion

International

Latest Updates

Showing posts with label धर्म परम्परा. Show all posts
Showing posts with label धर्म परम्परा. Show all posts

माघी पर्व मौलिक सांस्कृति

हाम्रो समाजमा बसोबास गर्ने आदिवासीहरूमध्ये थारू समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई महान् पर्वका रूपमा धूमधामका साथ मनाउँछन् । माघीलाई थारूहरू  आफ्नो समुदायको नयाँ वर्ष र स्वतन्त्रताको दिनका रूपमा समेत लिन्छन् । पुस मसान्तमा आफ्नो लेनदेन हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ कारोबार सुरु  गर्ने चलन पनि छ । किसानहरू माघीमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहार सञ्चालन गर्न अग्रसर देखिन्छन् । थारू समुदायको मौलिक संस्कृति पवर् का रूपमा लिइए पनि यसलाई स्थानअनुसार माघ, माघी देवानी, मघौटा आदि नामले मनाइन्छ । 

थ्ाारू समुदायमा माघी देवानी भनिने माघी परम्परागत विशेषता एवं मौलिक संस्कृतिको महान् पर्व हो । माघीमा वर्षभरि गरिएको अन्याय-अत्याचार तथा राम्रा-नराम्रा  कामका बारेमा छलफल गरिन्छ । मालिकको घरमा एक-आपसको समझदारीमा एक वर्षका लागि करारमा राखिएका हरहवा, चरहवा, झलारी, गयरवा, भैसरवा आदि  कामदारले माघी पर्वका दिन बिदा पाउँछन् । यो पर्वमा उनीहरूले आफ्ना बारेमा निर्णय गर्ने अधिकार पाएका हुन्छन् । 

यो पर्वका दिन नै विवाह गर्ने, घर बनाउने, कसकी छोरी कसको छोरासँग विवाह गर्ने, सगोलमा बस्ने वा छुट्टनिे, कुनै जिम्दारको खेत जोत्ने वा नजोत्ने जस्ता योजना  बन्छन् । सबै खाले कुरा खुला हृदयले भन्ने र वाषिर्क योजना बनाउने दिन नै माघी हो । यसैले माघीलाई वाषिक योजना बनाउने पर्व, उन्मुक्तिको पर्व वा स्वतन्त्रताको  पर्वका रूपमा चिनिन्छ । 

थारू समुदायमा मकर संक्रान्तिको दिन माघी स्नान गरिन्छ । माघे संक्रान्तिको दिन बिहानै उठेर आफ्नो गाउँनजिकको नदी, पोखरी, जलाशय आदिमा समूह-समूहमा  स्नान गरी लोटामा पानी, अक्षता लिई नजिकको शिवालयमा पूजाआजा गर्ने चलन छ । यो दिन नुहाइसकेपछि दाल, चामल, नुन छोई आफ्ना मान्यजनलाई ढोगेर आशीवार् द लिने चलन छ । 

माघी पर्वका दिन पवित्र स्थानमा गै स्नान गरे लुतो निको हुन्छ र वर्षभरिको पाप पखालिन्छ भन्ने जनविश्वास रहँदै आएको छ । माघीमा दाउरा काट्न जाने नयाँ दुलही  छिन् भने दुलाहा र सासँससुराले आगो ताप्न एक भारी दाउरा दिने प्रचलन छ । आफ्नी चेलीलाई उपहारस्वरूप आफ्नो क्षमताअनुसार नगद वा जिन्सी प्रदान गरिन्छ ।  यसलाई थारू भाषामा निस्त्राउ दिने भनिन्छ ।

थारू समुदायमा निस्त्राउ छुट्याइसकेपछि मान्यजनबाट टीका ग्रहण गरिन्छ र सानाले मान्यजनबाट आशीर्वाद लिने चलन छ । यो प्रक्रिया घरबाट सुरु भै छरछिमेक हुँदै  समाजमा फैलन्छ । यो परम्पराले थारू समुदायमा आपसी सहयोग, एकता, सुमधुर सम्बन्ध, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोग पुर्‍याउँदै आएको छ । 

गाउँमा कसैसँग मनमुटाव छ भने माघीमा नुहाएर अंकमाल गरी मेलमिलाप गर्ने चलन छ । नयाँ आथिक वर्षका रूपमा लिइने माघी पर्वमा गुण र दोषका आधारमा गाउ ँमा अगुवा चुन्ने प्रचलन रहिआएको छ । गाउँमा गरिने सामाजिक, धार्मिकलगायत अन्य कार्य सहज बनाउन सरसल्लाहमार्फत आगामी आर्थिक वर्षका लागि वरपर प्रधान  अधारी, सधारी तथा गाउँको चौकीदार चुन्ने प्रचलन छ । माघी मनाउने परम्परागत मूल्य-मान्यता संस्कार थारूहरूको मौलिक संस्कार हो ।
 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes