हाम्रो समाजमा बसोबास गर्ने आदिवासीहरूमध्ये थारू समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई महान् पर्वका रूपमा धूमधामका साथ मनाउँछन् । माघीलाई थारूहरू आफ्नो समुदायको नयाँ वर्ष र स्वतन्त्रताको दिनका रूपमा समेत लिन्छन् । पुस मसान्तमा आफ्नो लेनदेन हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ कारोबार सुरु गर्ने चलन पनि छ । किसानहरू माघीमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहार सञ्चालन गर्न अग्रसर देखिन्छन् । थारू समुदायको मौलिक संस्कृति पवर् का रूपमा लिइए पनि यसलाई स्थानअनुसार माघ, माघी देवानी, मघौटा आदि नामले मनाइन्छ ।
थ्ाारू समुदायमा माघी देवानी भनिने माघी परम्परागत विशेषता एवं मौलिक संस्कृतिको महान् पर्व हो । माघीमा वर्षभरि गरिएको अन्याय-अत्याचार तथा राम्रा-नराम्रा कामका बारेमा छलफल गरिन्छ । मालिकको घरमा एक-आपसको समझदारीमा एक वर्षका लागि करारमा राखिएका हरहवा, चरहवा, झलारी, गयरवा, भैसरवा आदि कामदारले माघी पर्वका दिन बिदा पाउँछन् । यो पर्वमा उनीहरूले आफ्ना बारेमा निर्णय गर्ने अधिकार पाएका हुन्छन् ।
यो पर्वका दिन नै विवाह गर्ने, घर बनाउने, कसकी छोरी कसको छोरासँग विवाह गर्ने, सगोलमा बस्ने वा छुट्टनिे, कुनै जिम्दारको खेत जोत्ने वा नजोत्ने जस्ता योजना बन्छन् । सबै खाले कुरा खुला हृदयले भन्ने र वाषिर्क योजना बनाउने दिन नै माघी हो । यसैले माघीलाई वाषिक योजना बनाउने पर्व, उन्मुक्तिको पर्व वा स्वतन्त्रताको पर्वका रूपमा चिनिन्छ ।
थारू समुदायमा मकर संक्रान्तिको दिन माघी स्नान गरिन्छ । माघे संक्रान्तिको दिन बिहानै उठेर आफ्नो गाउँनजिकको नदी, पोखरी, जलाशय आदिमा समूह-समूहमा स्नान गरी लोटामा पानी, अक्षता लिई नजिकको शिवालयमा पूजाआजा गर्ने चलन छ । यो दिन नुहाइसकेपछि दाल, चामल, नुन छोई आफ्ना मान्यजनलाई ढोगेर आशीवार् द लिने चलन छ ।
माघी पर्वका दिन पवित्र स्थानमा गै स्नान गरे लुतो निको हुन्छ र वर्षभरिको पाप पखालिन्छ भन्ने जनविश्वास रहँदै आएको छ । माघीमा दाउरा काट्न जाने नयाँ दुलही छिन् भने दुलाहा र सासँससुराले आगो ताप्न एक भारी दाउरा दिने प्रचलन छ । आफ्नी चेलीलाई उपहारस्वरूप आफ्नो क्षमताअनुसार नगद वा जिन्सी प्रदान गरिन्छ । यसलाई थारू भाषामा निस्त्राउ दिने भनिन्छ ।
थारू समुदायमा निस्त्राउ छुट्याइसकेपछि मान्यजनबाट टीका ग्रहण गरिन्छ र सानाले मान्यजनबाट आशीर्वाद लिने चलन छ । यो प्रक्रिया घरबाट सुरु भै छरछिमेक हुँदै समाजमा फैलन्छ । यो परम्पराले थारू समुदायमा आपसी सहयोग, एकता, सुमधुर सम्बन्ध, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोग पुर्याउँदै आएको छ ।
गाउँमा कसैसँग मनमुटाव छ भने माघीमा नुहाएर अंकमाल गरी मेलमिलाप गर्ने चलन छ । नयाँ आथिक वर्षका रूपमा लिइने माघी पर्वमा गुण र दोषका आधारमा गाउ ँमा अगुवा चुन्ने प्रचलन रहिआएको छ । गाउँमा गरिने सामाजिक, धार्मिकलगायत अन्य कार्य सहज बनाउन सरसल्लाहमार्फत आगामी आर्थिक वर्षका लागि वरपर प्रधान अधारी, सधारी तथा गाउँको चौकीदार चुन्ने प्रचलन छ । माघी मनाउने परम्परागत मूल्य-मान्यता संस्कार थारूहरूको मौलिक संस्कार हो ।

Post a Comment