ऋचासिंह ठकुरी इन सेक्स भिडियो:कमिङ सुन् !

जन्मँदै तीन पात' भन्ने उक्ति बुज्रुगहरूले त्यत्तिकै बनाएका होइनन् । नव नायिका ऋचासिंह ठकुरीको पहिलो चलचित्रको भर्खरै छायांकन सकियो । प्रदर्शन हुन त अझै बाँकी छ । यस अर्थमा उनी पर्दामा जन्मनै बाँकी छ, तर यी नायिका त 'नजन्मिँदै तीन पात' ? कुरोको चुरो के हो भने दुइटी नायिकाका सेक्स भिडियोले बजार तताएर सेलाउन नपाउँदै यिनले आफ्नो पनि सेक्स भिडियो आउन सक्ने गफ दिएर चर्चामा आउने प्रयत्न गरेकी छिन् ।

दुई-चारवटा म्युजिक भिडियोमा झुल्किएपछि विकास आचार्यको चलचित्र 'नाइँ नभन्नु ल' मा मौका पाएकी यिनको 'सेक्स भिडियो आउन सक्छ' भन्ने शीर्षकमा एउटा साप्ताहिकमा हालै अन्तवार्ता छापिएपछि चर्चा चलेको हो । प्रकाशित अन्तवार्तामा सेक्स भिडियोका सम्बन्धमा उनीसँग जम्मा तीनवटा प्रश्न सोधिएका थिए । प्रश्न नम्बर एक - हाल नायिकाहरूको सेक्स भिडियो आइरहेको छ नि ? ऋचा - 'हावा नचली पात हल्लिँदैन, तर रूखलाई बढी हल्लाउने प्रवृति बढ्यो ।' प्रश्न नम्बर दुई - यस्तो हुनुको कारण ? ऋचा - 'मेरो विचारमा लालच ।' प्रश्न नम्बर तीन - तपाईं पनि यो लालचमा मुछिनुभयो भने...? ऋचा - 'भन्न सकिँदैन, बदनाम गराउनेहरू यहाँ थुप्रै भेटिन्छन् ।' यतिमै उक्त प्रसंग टुंगाइएको छ ।


नेपाली फिल्ममा भलै सफल नहोला तर नेपाली सेक्स भिडियो खेलेरै भए पनि सफल भएरै छाड्छु भन्ने तपाईको ढृढतालाई हाम्रो पनि सलाम ऋचाजी ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes