उदार अनि दिलदार अर्थात् अरूणिमा लम्साल

के तपाईलाई थाहा छ ? कलिउडको पछिल्लो समयकी उदार अनि दिलदार नायिका को हुन् ? हजुर उनि हुन् उनै हामी सबैकी धड्कन बन्न सफल नायिका अरुणिमा लम्साल । तपाई भन्नुहोला किन ? कसरी ?


तपाईलाई थाहै होला पि एल एम फ्लिमस् प्रा लि को ब्यानरमा ऋषि लामिछानेको निर्देशन अनि प्रकाश घिमिरे र लक्ष्मण पौडेलको निर्माणका साथै मुनाल घिमिरेको प्रस्तुती रहेको चलचित्र "आफ्नो मान्छे आफ्नै हुन्छ" को हालै शुटिङ्ग कार्य सम्पन्न भइसकेको छ जसमा विराज भट्ट, रेखा थापा, अरुणिमा लम्साल, मुकेश ढकाल, रवि गिरी, राजकुमार थापा, दिनेश डि. सी., प्रकाश घिमिर, देशभक्त खनाल र इशान रावत आदिको प्रमुख भूमिका रहेको छ ।

कलिउडमा सुनिन थालिएको खबर अनुसार यस चलचित्रमा अरुणिमा लम्साल र मुकेश ढकाल बीच एउटा टङ्किस पनि राखिएको छ रे त्यही पनि ३ मिनेट लामो । हुन त त्यसरी नायकलाई टङ्किस खुवाउने अरूणिमा पहिली र एक्ली नायिका भने होइनन् । करिष्मा मानन्धर,नन्दिता केसी र सोनिया केसी उनीभन्दा अगाडि छन् तर लम्बइको हिसाब गर्ने हो भने चाहिं अरुणिमा नै अगाडि हुन पुगेकी छिन् । त्यसो त चलचित्रको यही सिनलाई पब्लिसिटीको माध्यम बनाऊने सोचाईमा रहेका कारण निर्देशक ऋषि लामिछानेले यो विषयलाई हाल गुपचुप नै राख्न चाहेका थिए तर स्वयम् नायिका अरुणिमाले नै इमेज न्यूजको ईन्टरभलमा यो रहस्यको पर्दाफास गरि पुष्ट्याई गरिदिएकी छिन् ।

खैर,अरुणिमाको यो उदारपन अझ कति नायिकाले अबलम्बन गर्दै जाने हो त्यो त हेर्नै बांकी छ । तर, अरुणिमाले देखाएको यस्तो प्रोफेष्नालिज्मलाई भने हाम्रो पनि सलाम । वेल डन अरूणिमा,किप इट अप ॥

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes