अश्लिल भिडियो सार्वजनिक भएको दुई महिना बित्न नपाउँदै नायिका तथा मोडल नम्रता श्रेष्ठ पुन: नेपाली रजतपटमा आउने भएकी छिन् । दुर्व्यसनीको कुलतमा फसेकी एक महिला एकता महतको वास्तविक जीवनमा आधारित एक चलचित्रमा नम्रताले प्रमुख पात्रको रूपमा अभिनय गर्ने भएकी छिन् ।
एकता महत जो १४ बर्षको उमेर देखिनै लागुऔसध दुर्व्यसनीको कुलतमा फसेकी थिईन् । हाल आएर उनी एचआईभी/एड्स र लागुऔसध सम्बन्धी सचेतनामुलक एक संस्थामा आबद्व छिन् । एकताको जीवनको सचित्र घटनालाई पर्दामा उतारेर बनाउन लागिएको यस चलचित्रको निर्देशन प्रचण्ड श्रेष्ठले गर्ने भएका छन् ।
हालसम्म केवल व्यबसायिक चलचित्रमा मात्र अभिनय गरेकी नायिका नम्रताको लागी यो भुमिका निकै 'च्यालेन्जिङ' हुनेछ । आफ्नो भुमिका 'च्यालेन्जिङ' हुने भएर नै होला नम्रताले दुर्व्यसनीमा फसेकाहरूको मनोबिज्ञान, बानिव्यहोरा र जीवनशैलीसँग नजिकिन 'रिह्याब सेन्टर' मा जाने सोच बनाएकी छिन् ।
नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आशालाग्दो प्रतिभाको रूपमा मानिएकी यी नायिकाको 'स्काण्डल' को कारणले भबिश्य डामाडोल हुन्छ भनेर अडकल काटिरहेको बेला नम्रताको पुनरागमन उनका शुभचिन्तकहरूको लागि पक्कै पनि खुसीको खबर हुने छ तर आम दर्शकहरूले उनको यात्रालाई कति सम्म साथ दिने हुन् त्यो भबिश्यले नै बताउला । हिजोका गल्तीलाई विर्सेर नयां जीवनको शुरुवात गर्न लागिएकोमा कलिउड भित्र पुन: एकपटक नम्रताको सकरात्मक चर्चा हुन थालेको छ ॥ नम्रतालाई हाम्रो पनि शुभेच्छा,अल दि वेष्ट नम्रता ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment