रेखाको शक्ति भोक

फिल्म हात पर्न छाडेपछि माओवादीतर्फ लागेकी उच्छृङ्खल नायिका रेखा थापा मान्छेहरूलाई प्रयोग गर्न र फाल्न माहिर छिन्। 

हिरोइन बन्नकै लागि छवि ओझासँग बिहे गरेकी उनले आफ्नो स्वार्थ पूरा भएपछि श्रीमान्को समेत मतलब गरिनन् । जब देशमा वाईसीएलको शासन थियो, त्यसबेला उपत्यकाका वाईसीएल इन्चार्ज सागरसँग भाइटिका लगाएर चर्चा र शक्ति बटुलिन् । उनकै आडमा चलचित्र विकास बोर्डमा नियुक्त हुनका लागि ठूलै लबिङ गरिन्। तर, त्यसमा असफल भइन् ।

डन गणेश लामा शक्तिशाली भएका बेला उनले लामासँग पनि दोस्ती मनाइन्। अंग्रजी नयाँ वर्ष उनले दरबारमार्गस्थित लामाकै रेष्टुरेन्टमासँगै मनाएकी थिइन् । तर, लामाबाट पनि आफ्नो स्वार्थ पूरा हुन सकेन। त्यसपछि माओवादी नेताका घर धाएकी रेखा बेरोजगार भएपछि माओवादीमै प्रवेश नै गरिसकेकी छिन् । चलचित्र विकास बोर्डका अध्यक्ष बन्न नसकेपछि बोर्डका अध्यक्ष पप्पुसँग भने उनले दोस्ती गाँसेकी छिन् । धरानमा भइरहेको चलचित्र महोत्सवमा पनि उनी बिहान बेलुकी पप्पुसँगै देखिइन् । मोरङबाट चलचित्र लड्ने समेत घोषणा गरिन् ।

चलचित्र क्षेत्रमा कसैले पनि मतलब गर्न छाडेपछि रेखा चुनाव लड्ने कुरा गर्न थालेकी छिन् । त्यसका लागि माओवादी पुत्र प्रकाशसँग उनको हिमचिम बढेको छ ।


त्यस्तो त प्रकाशसँग उनको नयाँ हिमचिम भने होइन । बिना मगरलाई भगाउनुभन्दा पहिले पनि प्रकाशले रेखासँग घरजम गर्ने कुरा चर्चामा आएको थियो । तर बिनासँग प्रकाश बेपत्ता भएपछि रेखा रिसाएकी थिइन्। स्रोतका अनुसार अहिले प्रकाश पुनः खुला भएपछि अहिले बिनासँगभन्दा प्रकाशको दोस्ती रेखासँग बढेको छ ।

प्रकाशसँग रेखा लाग्नुको प्रष्ट कारण हो, प्रचण्डको शक्ति । प्रकाशले प्रचण्डसँग लडेर भए पनि आफ्नो लागि जे पनि गर्न सक्छन् भन्ने रेखालाई लागेको छ । त्यसकारण अहिले रेखा प्रकाशसँग नजिकिएकी हुन् । स्रोतका अनुसार आगामी चुनावमा समानुपातिकतर्फबाट सभासद् बन्ने योजनामा रेखा लागेकी छिन्। त्यसका लागि उनले प्रकाशलाई प्रयोग गर्न लागेकी हुन्।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes