एसएलसी परीक्षाको नतिजा असारको पहिलो साताभित्र

भक्तपुर— परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा ढिलोमा असारको पहिलो साताभित्रमा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ। 

उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए। त्यसमध्ये दुई वटा केन्द्रको मात्रै उत्तरपुस्तिका कार्यालयमा आउन बाँकी रहेको उनले बताए।

'नतिजा सार्वजनिक गर्न तीव्र रुपमा काम भइरहेकोले प्राविधिक समस्या नआए असार पहिलो साताभित्रमा परीक्षाफल सार्वजनिक गर्नेछौँ', उनले भने। गत चैत १ देखि सुरु भई ९ गते सम्पन्न भएको ५८ वटा विषयको ७९औँ संस्करणको एसएलसी परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ जना परीक्षार्थी सहभागी भएका थिए। परीक्षार्थीको उत्तरपुस्तिका ६० केन्द्रमा परीक्षण भएको थियो।

यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र पुनर्परीक्षा (एक्जाम्टेड)तर्फ एक लाख १७ हजार ६८ जना सहभागी भएका छन्। गत वर्ष जेठको ३१ गते नतिजा सार्वजनिक भएको थियो। 

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes