जुन २१ मा अप्रिल फुल ?



नेपाली कथानक चलचित्र ‘अप्रिलफुल’ यही असार ७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । 

राजधानी काठमाडौं लगायत देशभर एकसाथ चलचित्र प्रदर्शनमा आउन लागेको हो । चलचित्र ‘अप्रिलफुल’ थर्ड टिम फिल्म्स प्रा. लि.को ब्यानरमा निर्माण गरीएको हो ।
 
चलचित्रको प्रमोसनका क्रममा बुटवल आएको अप्रिलफुलको टोलीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको विविध पक्षबारे जानकारी गराएको हो । भद्र भुजेलद्वारा निर्देशित ‘अप्रिलफुल’को निर्माता विनोद लामिछाने र कार्यकारी निर्माता टिकाराम बिष्ट रहेका छन् । कमल/केशब लामिछाने प्रस्तुतकर्ता रहेको सो चलचित्रमा दिपक शर्माको संगित, कविराज गहतराजको नृत्य तथा सुर्य ठोकरको द्धन्द निर्देशन रहेको छ । 
 
रामशरण उप्रेतीले छायाङ्कन गरेको ‘अप्रिलफुल’मा मुस्कान ढकालको कथा र प्रकाश पुरीको पटकथा रहेको छ भने सुमीना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, ऋषी न्यौपाने, मनोज लामिछाने, महीमा सिलवाल, किरण न्यौपाने, देशभक्त खनालको अभिनय रहेको छ ।

राजधानी काठमाडौं लगायत बुटवल र पाल्पामा छायाङ्कन गरीएको सो चलचित्रले दर्शकहरुलाई मनोरञ्जन र सन्देश दिने विश्वास चलचित्रका नायक मनोज लामिछानेको छ । ६० लाख लागतमा निर्मित ‘अप्रिलफुल’ले राम्रो बजार पाउने आशा थर्ड फिल्म्स प्रा.लिले विश्वास छ । चलचित्रले एडल्ट सर्टिफिकेट प्राप्त गरेको बताईएको छ । 

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes