चलचित्रकर्मीहरुको फुटले नै चलचित्र क्षेत्र डुबेको हो : अध्यक्ष भण्डारी


                                       
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्र क्षेत्रमा दिनप्रतिदिन विकराल समस्या पैदा हुदै गइरहेको वताउनुभएको छ ।
असोज ११ गते बुधवार राजधानीमा नेपाल चलचित्र संघको दशौ साधारण सभामा वोल्दै उहाँले खस्किएको चलचित्र क्षेत्रलाई माथी उकास्न वितरण तथा प्रदर्शन ऐन २०२६ लाई संसोधन गने कानुन मन्त्रालयमा पठाएको जानकारी गराउनु भयो ।
उहाले चलचित्र क्षेत्र धारासायि बन्नुको मुख्य कारण चलचित्रकर्मी एकजुट नहुनु रहेको भन्दै यस क्षेत्रको विकासका लागि सवै चलचित्रकर्मी एक हुनुपर्ने धारणा राख्नु भयो ।

सभामा रु ५१ हजार नगद राशी रहेको चलचित्र कलाकारिता पुरस्कारबाट कलाकार रविन्द्र खड्कालाई पुरस्कृत गरीएको छ । त्यस्तै चलचित्र पत्रकारीता पुरस्कार वरिष्ठ पत्रकार शान्तिपि्रया अनन्त वाग्ले र कान्तिपुर दैनिकका फुलमान बललाई प्रदान गरीएको छ ।

Share this:

Post a Comment

 
Copyright © 2025 FILMYKURA ..news,gossips and more.. Designed by OddThemes