अफिसमा सहकर्मीका साथ सेक्स

आइगेटका सीईओ फणीश मूर्तिले आफ्नै कम्पनीकी इन्भेस्टर रिलेशन प्रमुख आर्सिली रोहजको यौन शोषणको खुलासापछि संसारभर कलिग्ससँगको सम्बन्धका विषयमा बहस चलेको छ । यही एक सर्भेले सहकर्मीसँगको सेक्स सम्बन्धको ख्याल आउनुलाई सामान्य विषय भएको खुलासा गरेको छ ।


यो सर्भे विजनेश वीकका कलमिस्ट लिज रयानका साथ काम गर्ने अलग अलग कम्पनीमा कार्यरत कर्मचारीमा गराइएको थियो । सर्भेमा २५०० जनाले भाग लिएका थिए । जसमा पुरुष र महिला दुवैको सहभागिता थियो । सर्भेमा जब पुरुष  र महिला कर्मचारीसँग उनीहरुका साथ काम गर्ने सहकर्मीका बारेमा उनीहरुको विचारको कुरा आयो त्यो आश्चर्यजनक थियो ।
सर्भेले सार्वजनिक गरेको तथ्यअनुसार अफिसमा सहकर्मीका साथ यौन सम्बन्धको ख्याल आउनु सामान्य विषय हो । यद्यपि धेरै मानिस यो विषयमा कुरा गर्न हिच्किचाउछन् । तैपनि यो अहिलेको सत्य हो । केहीको रायअनुसार यो विषयमा कुरा गर्न अमानित वा लज्जा महशुस गरे पनि उनीहरुले यो विषयलाई अनावश्यक रुपमा उछाल्नु जरुरी छैन । सर्भेको उद्देश्य कार्यक्षेत्रमा सेक्स कति आम छ र मानिसहरु यस विषयमा के सोच्छन् भन्ने पत्ता लगाउनु रहेको थियो ।


सर्भेमा सहभागीहरुलाई के एउटै कम्पनीमा कार्यरत कर्मचारीलाई आपसमा सेक्सको छुट दिनु आवश्यक छ ? भन्ने प्रश्न सोधिएको थियो । सर्भेमा सहभागीहरुमध्ये ८४.६२ प्रतिशतले दिनुपर्ने बताएका थिए । १५.३८ प्रतिशतले भने त्यसो गर्न नहुने राय व्यक्त गरेका थिए । ३८ प्रतिशत सहभागी भने यो विषयमा मौन बसे ।


सहभागीहरुलाई अर्को प्रश्न के एउटै कम्पनीका अलगअलग डिपार्टमेन्टमा काम गर्ने कर्मचारीबीच सेक्स उचित छ भन्ने सोधिएको थियो । यो प्रश्नमा सहभागीहरुले निकै अनौठो उत्तर दिए । सहभागीमध्ये ९०.४४ प्रतिशतले दिन उचित हुने बताए भने ९.५६ प्रतिशतले उचित नहुने जवाफ दिए। ३२ प्रतिशत सहभागी भने यो प्रश्नमा पनि मौन देखिए । एजेन्सी

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes