कस्ले भन्छ कुसुमे रुमाल टु चलेन ?

कुसुमे रुमाल टु काठमाडौंमा चलेको ७० दिन पुरा भइसकेको छ ।

निर्देशक निरक पौडेल यो सिनेमा काठमाडौंको गोपिकृष्ण हल र काठमाडौं बाहिर चारवटा स्थानहरुमा प्रदर्शन भइरहेको र अडियन्सहरुले अझै हेर्ने क्रम नटुटेकोले सयदिन पुरा गर्ने कुरामा कन्फिडेन्ट छन् । अब यो सिनेमा विदेशी राष्ट्रहरुमा प्रदर्शन गर्ने तयारीमा निरक जुटेका छन् । अस्ट्रेलिया, अमेरिका र ब्रिटेनमा प्रदर्शन गर्न वितरक तयार हुनै लागेका छन् । 'उनीहरुसँग अन्तिम चरणको कुराकानी भएपछि उनीहरुलाई प्रदर्शन गर्ने राष्ट्रकै राइटस् दिनेछौ । डिभिडी, भिसिडी र अडियोको राइटस्समेत गरेर उनीहरुलाई कम्प्लिट राइटस् दिने भनेका छौं ।' निरकले अगाडी भने 'मलेसिया, भारत, कतारसहितका राष्ट्रहरुका लागि कोही त्यसैगरी कुसुमे रुमाल टुको राइटस् लिन इन्ट्रेस देखाउछन् भने हामी उनीहरुसँग कुरा गर्न तयार छौ ।' २२ बर्षअघि रिलिज भएर २५ हप्ता चलेर नेपालको एकमात्र सिल्भर जुबली मनाएको सिनेमा 'कसुमे रुमाल'को सिक्वेल 'कुसुमे रुमाल टु'को निर्देशन निरकले गरेका हुन् । मोर्डन जेनरेसन र अहिलेको समाजको लभस्टोरी देखाइएको उनको सिनेमामा निरज बराल, रुबी भट्टर्राई र उषा रजकको ट्रयाङ्गल लभस्टोरी राखिएको छ । नेपाली सिनेमाका निर्माता र निर्देशक उनीहरुको सिनेमा विदेशमा लगेर एक/दइ सो देखाएर र्फकन्छन् । निरक कुसुमे रुमाल टुको प्रदर्शन भने अरु सिनेमा चलाए जस्तो गरी विदेशका हलमा चलाइने बताउँछन् । विदेशमा चलाउन त चलाउने तर हलमा हो कि डिभिडिमा ? कुरा अलि प्रष्ट भएन नि ?

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes