नयाँ संविधान माग्दै माग्ने बूढा

.दर्शकमाझ लोकप्रिय बनेको मेरी बास्सैका चर्चित पात्र माग्ने बूढा अर्थात कलाकार केदार घिमिरे आन्दोलनमा लागेका छन् । अहिले मेरी बास्सै सिरयिलको निर्देशन र पटकथा लेखन गर्दै आएका माग्ने बूढाले अचम्मको आन्दोलन सुरु गरे । उनको विरोध राजनीतिक दलको गतिविधिमाथि केन्द्रित छ ।




समयमै संविधान बनाउन उनले दबाबमूलक एकल आन्दोलन गरेका हुन् । शान्त प्रकृतिको छ उनको आन्दोलन । त्यो हो, संविधान नबनेसम्म दारी-कपाल नकाट्ने । "कम्तीमा माग्ने बूढाको कपाल-दारीमा जुम्रा नपरोस् भनेर संविधान बनाइ पो हाल्छन् कि !" ठट्यौलो पारामा उनी भन्छन् । संविधान बनेन भने ०६७ जेठ १४ गते उनले राखेको अर्को कार्यक्रम पनि रोचक छ । त्यो दिन एक जना बाहुन बोलाएर पशुपतिनाथको मन्दिरमा जानेछन् र राजनीतिक दलको श्राद्ध गर्नेछन्, कपाल खौरनेछन् र पिण्ड बगाउनेछन् । भन्छन्, "तीनदिने श्राद्ध पनि गर्नेछु ।"

अब कसले भन्छ कलाकार केवल नौटंकी नाटक मात्र गर्न जान्दछन् भनेर ? स्याबास केदारजी ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes