मेरो छाति आकर्षक छ : बिनिता बराल


साउन ६,काठमाडौं-

'चपली हाईट' चलचित्रबाट उदाएकी नायिका बिनिता बरालको हट छवि अझै मेटिएको छैन । प्रस्तुत छ पछिल्लो समयमा केहि ओझेलमा रहेकी बिनितासंग गरिएको फरक विषयको (स्तन) कुराकानी :

स्तन "स्तनपान" का लागि बनेको हो भन्ने कुरा मान्नुहुन्छ ?
मान्दिनँ, सन्तान प्राप्तिपछि चाहिँ स्तनपानका लागि नारीलाई भगवान्ले दिएको वरदान हो, तर म ब्रेस्टलाई नारी भनेर चिनाउने अंगका रूपमा लिन्छु।

स्तनबिना महिलाको सौन्दर्य हराउँछ भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
सौन्दर्यको महत्वपूर्ण अंग भएकाले स्तन भएन भने सौन्दर्य हराउँछ भन्ने कुरा मान्छु।

'क्लिभेज' देखिने पहिरन र नदेखिने पहिरन लगाउँदा तपाईंलाई हेर्ने नजरमा के फरक पाउनु भएको छ ?
फरक पाएकी छु। विदेशमा त्यो कुरा सामान्य मानिए पनि हाम्रो समाज यौन कुण्ठित भएकाले क्लिभेज देखाउँदा टीका-टिप्पणी हुन्छ।

कुनै बेला कसैले तपाईंको स्तन आकर्षक छ भनेर भनेका छन् ?
त्यस्तो 'कम्लिमेंट्स' पाएकी छैन।

भनिन्छ, ग्ल्यामर क्षेत्रमा महिलाहरूको स्तन आकर्षक र ठूलो देखिनुपर्छ, तपाईंचाहिँ त्यसका लागि के गर्नुहुन्छ ?
ठूलोभन्दा पनि आकर्षक देखिनुपर्छ भन्ने लाग्छ। मेरो जीउडाल अनुसार मेरो ब्रेस्ट आकर्षक छ। त्यसैले त्यसलाई थप आकर्षक बनाउन खासै केही गर्दिनँ।

आफ्नो स्तनलाई कस्तो मान्नुहुन्छ, ठूलो, सामान्य कि सानो ?
सामान्य।

स्तन क्यान्सरप्रति कत्तिको सजक हुनुहुन्छ ?
बेलाबखत चेकअप गराउँछु। एञ्जिलिना जोलीले त्यही कारणले आफ्नो स्तन गुमाउनु परेको घटनापछि सम्भवतः धेरै महिला मजस्तै सजग भएका होलान् र हुनु पनि पर्छ।


Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes