कलिउडकै सहपाठीहरु संचिता लुईटेल,गौरी मल्ल,सौजन्य सुब्बा र रन्जना शर्मा आदि जस्तै आफ्ना श्रीमानबाट अलग भएर बस्ने नायिकाको सुचिमा नायिका झरना थापाले पनि आफ्नो नाम दर्ता गर्ने भएकी छिन् । यो खवरले पनि हिजो आज कलिउडमा निकै चर्चा पाएको छ । खबरका अनुसार आफ्ना श्रीमान सुनिल कुमार थापाको व्यवहारबाट दिक्क मानेपछि नायिका झरनाले श्रीमानबाट अलग भएर बस्ने सोच बनाएकी हुन् । 'मैले धेरै सहि सके तर अब सहन सक्दिन ' झरना भन्छिन् - सुनिल र रेजिनाको व्यवहारले मलाई धेरै 'टेन्सन' दिएको छ, त्यसैले अब म एक्लै बस्ने सोच बनाएकी छु ।'
बारम्बार नायिका रेजिना उप्रेती र सुनिललाई एकैसाथ बसेको देखेको बताउने झरनाले गत शनिबार रेजिना र पति सुनिललाई आफ्नै घर अगाडि रंगेहात पक्रेपछि अब सुनिलसँग 'डोभोर्स' गर्ने सुरमा रहेको बताउँछिन् । झरना अहिले आफ्नो माईतिघरमा बस्दै आएकी छिन् । झरना भन्छिन् - 'अब त मलाई घरमा जान मन पनि छैन ।' नेपाली रजतपटमा यस्ता घटनाहरूको श्रङ्खलाहरू बढिरहेको बेला नायिका झरना थापा र सुनिल कुमार थापाको सम्बन्धले कस्तो मोड लिने हो, त्यो त समयले नै बताउने छ । तर अर्काको बसिबसाउको घर नतोड्न खलनायिका उर्फ नायिका रेजिना र आबेशमा गलत निर्णय नगर्न झरनालाई हाम्रो यही सल्लाह छ ।
Home Unlabelled लौन झरनालाई रेजिनाबाट बचाइदिनुस् न !
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment