हल्लाले चल्ला र ?

समय र भाग्य सधै एकै नहुंदो रहेछ । यदि त्यसो हुंदो हो त एक जमानाका हिट गायक नवीन के भट्टराई अझै उस्तै चर्चामा रहंदो हो । तर,समय र भाग्य फेरिदियो । त्यससंगै नवीनको चार्ममा पनि बादल लाग्यो ।


तर,दूधमा रमाउने मन महीमा कहां मान्थ्यो र ? त्यसैले आफ्नो पूरानो चार्म फर्काउन नवीनले पनि अनेक तिक्दम अप्नाए । यसैवीच सुरज सुब्बा नाल्बोको चलचित्र बाटोमूनिको फूल र श्याम भट्टराईको चलचित्र च्यालेन्जमा संगीत भरेर एकाएक नवीन पुन: एकपटक चर्चामा आए । तर त्यो चर्चा साबुनको फोका मात्र साबित भैदियो ॥ अर्थात् नवीनको चर्चामा फेरि ग्रहण छाइदियो ।

तर हाम्रा छड्के क्यापका एम्बेस्डर पनि कहां सजिलै हार मान्थे र ? त्यसैले उनले भनिदिए अब म कुनै नेपाली सिनेमामा संगीत भर्दिनं । यसको कारण पनि उनले खोलिदिए,सिनेमाका निर्माताहरु हाकाहाकी संगीत चोर्न लगाउंदा रैछन् । तर हाम्रा ओर्जिनल गायक उर्फ संगीतकार नवीन त्यस्तो नक्कली काम गर्न कहाँ मान्थे र ? त्यसैले अबदेखि नेपाली सिनेमामा संगीत नहाल्ने कसम खाए । तर कसै कसैले यसलाई चलचित्र पाउन छोडेपछिको उनको घुर्की ठाने त कसैले यसलाई फोकटमा चर्चामा आउने नवीन कला माने । आखिर जेसुकै भए पनि चर्चा त भयो नि होइन र नवीनजी ?? गुड आइडिया एण्ड गुड जब । किप इट अप ।।।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes