रेखा, अरुणिमा र ऋचा vs सुष्मा कार्की

वर्षेनी करीव २०० वटाभन्दा पनि बढीको सँख्यामा नेपाली चलचित्रहरुको निर्माण हुने कलिउड सिने नगरीमा त्यसो त कति जना नयाँ अनुहार आउँछन् र जान्छन्,त्यस्को लेखाजोखा राख्न त मुस्किल होला तर यहाँ चर्चा गरिन लागेको नयाँ अनुहार हुन् सुष्मा कार्की । लौ कन्फ्युज्ड नहुनुस् नि,उही क्या त सुरेश अधिकारीद्वारा निर्मित चलचित्र तिमी मेरो म तिम्रोकी हिरोइन !


अहिले भलै उनलाई चिन्नलाई मुस्किल होला तर चलचित्र तिमी मेरो म तिम्रोको रिलिज पश्चात भने अवश्य नै सुष्मा कार्कीलाई चिन्न कसैलाई पनि गार्हो हुने छैन ।

हालै एउटी नायिकाको विवाहमा भेला भएका आफ्नी सहकर्मी नायिकाहरुको वीचमा सुष्माले धक्कु लगाइए अनुसार उक्त चलचित्रमा उनले कलिउडकी अहिलेकी हट नायिका रेखा थापालाई समेत माथ खुवाउने गरी काम गरेकी छिन् रे । फेरि कस्तो काम भन्नुहोला नि ! उनै कार्कीले यस कुरोको पनि चुरो खोलिदिईन् । उनी यस चलचित्रमा टु पिस लगाएर पर्दामा देखिदैछिन् ।

नेपाली चलचित्रकी यतिखेरकी हट नायिका रेखा थापा र अर्की सेक्सी नायिका

ऋचा घिमिरेले समेत अहिलेसम्म लगाउने हिम्मत नगरेको टु पिस लगाएर पर्दामा देखिएपछि सुष्माको अब चर्चा नभएर हुन्छ ? कथाले मागे जति सबै दिने उनलाई त सबैले स्याबासी दिनुपर्ने हो तर उनको व्वाइफ्रेण्ड भनाउँदा निर्देशक सुदर्शन थापा चाहिं कस्तो अज्ञानी भन्या, टु पिसको कहानी सुन्ने बित्तिकै सुष्मालाई २ झापट दिईहालेछन् । अब यस्तो गल्ती फेरि दोहोरिए परिणाम नराम्रो हुने धम्की समेत थापाले दिएछन् । आफ्नो नयाँ चलचित्र मार्फत् कलिउडमा प्रवेश गरौला र सबै जस आफूले लिउँला भन्ने योजना बुनिरहेका व्वाइफ्रेण्ड थापाको योजनालाई कुल्चेर पहिला नै अर्कैको चलचित्रमा, त्यो पनि टु पिसमा आएर एकाएक चर्चा बटुल्न थालेपछि थापा महोदयको धर्यता टुट्नु पनि स्वभाविकै हो । तर आवेशमा आएर त्यसरी २,२ झापट नै त हान्न नहुने थियो । यसमा चाहिं हाम्री अपकमिङ हट एण्ड बोल्ड नायिका सुष्माजीको अलिकति चित्त दुखेको छ ।

आफ्नी प्यारी नायिकाको दुखेको चित्तमा त प्यारा सुदर्शन साहेबले मायाको मल्हम लगाईदेला तर हट एण्ड बोल्डको ताज सुष्माजिले खोस्ने भएपछि कलिउडका हट परिहरु रेखा थापा,अरूणिमा लम्साल र ऋचा घिमिरेहरुको दुखेको चित्तमा कस्ले मल्हम लगाईदिने हो त्यसमा पो पिरलो परेको छ त ।

ल है रेखा,अरूणिमा र ऋचा हो, सुष्मा कार्कीदेखि होशियार है ?

Share this:

Post a Comment

 
Copyright © 2025 FILMYKURA ..news,gossips and more.. Designed by OddThemes