हाय रे नम्रता ! तान्त्रिकको त्यो तन्त्र मन्त्रले त गर्नु गर्यो नि हौ ।

आगामी पुस १ मा राजधानीमा हुने नेपाली चलचित्रको अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठ उद्घघोषिकाको रुपमा छनौट भएकी थिइन्। सो कार्यक्रमको आयोजक कान्तिपुर टेलिभिजनले उनलाई अवार्ड समारोहमा उद्घघोषिकाको रुपमा छानेको थियो। तर ओरालो लागेको मृगलाई सवैले खेद्छन् भने झैं उनलाई उद्घघोषिकाको रुपमा स्टेजमा नउतार्न सो कार्यक्रमका प्रायोजकहरुले निर्देशन दिएको नेपाल चलचित्र प्राविधिक संघका एक सदस्यले बताए। नेपाल चलचित्र प्राविधिक संघको प्रमुख आयोजनामा उक्त नेपाली चलचित्रको अवार्ड कार्यक्रम हुन लागेको हो।


नायिका नम्रता श्रेष्ठको दुई महिनाअघि अश्लील भिडियो बजारमा आएको थियो। 'सो भिडियोका कारण उनका धेरै कामहरु खोसिएका छन्। सोही कारण यो फिल्म अवार्डमा पनि उनलाई उद्घघोषण गर्न रोक लगाइएको हो'– ती सदस्यले भने।

हाय रे नम्रता ! तान्त्रिकको त्यो तन्त्र मन्त्रले त गर्नु गर्यो नि हौ ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes