कसले चोर्यो रेखाको मन




अभिनेत्री रेखा थापाले  एक ऑनलाइन संग  एक्सक्लुसिभ रुपमा आफ्नो प्रेमबारे खुलासा गरेकी छन् । चलचित्र क्षेत्रमा लागेको यतिका वर्षपछि स्टार हिरोइनले हालै  आफू पाँच कक्षा पढ्दा विवश श्रेष्ठ नामक एक केटाले आफूलाई प्रोपोज गरेको खुलाएकी छन् ।

‘म पढ्ने स्कुलको ह्यान्डसम केटाले मलाई दुई वर्षसम्म फलो गर्यो ।’ रेखा खुलाउँछिन्, ‘उसको दुई वर्षसम्मको अटुट प्रेम देखेर मेरो मनमा पनि कता कता प्रेम टुसायो ।’ तर उनीहरुको प्रेम भने लामो समयसम्म चलेन । विहेपछि कोहीसँग क्रस भएको थियो भन्ने मेरोसिनेमाको प्रश्नमा रेखाले आफू ‘कलियुगको सीता’ नभएको बताइन् । ‘अरुहरु भन्न डराउँछन् तर म डराउँदिन । विपरित लिङ्गप्रतिको आकर्षण स्वाभाविक हो’ यसो भन्ने रेखा आफू छविप्रति पूर्ण बफादार रहेको र आफ्नो इज्जतमा आँच आउने काम नगर्ने बताउँछिन् ।




Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes