अभिनेता भुवन केसीले आफ्नो लगानीमा बनेको ‘साथी म तिम्रो’ पछि सम्भवतः सिनेमा नखेल्ने घोषणा गरेका छन् । एक ऑनलाइनसँग विशेष
कुराकानी गर्दै विगत् तीन दशकदेखि नेपाली सिनेमामा ‘सुपरस्टार’को रुपमा छाइरहेका भुवनले सयौं चलचित्र गरेपछि अब आफूले सिनेमा नखेल्ने जनाएका हुन् ।
‘बरु मैले छोरा अनमोललाई सिनेमामा स्थापित गराउन भूमिका खेल्नेछु ।’ उनी खुलासा गर्छन् । आफू फिल्म नखेलेर अमेरिका जाने सोंच्नुभएको हो ? सोधिएको यो प्रश्नमा उनले आफूले चाहे अमेरिकाको ग्रीन कार्ड सजिलै हात पार्न सक्ने तर आफू उता कदापी नभासिने बताउँछन् । ‘म हाम्रै पशुपतीको आर्यघाटमा देह त्याग गर्नेछु ।’ देशभक्तिको गहिरो भावना प्रकट गर्दै उनी भन्छन् । केही समयमै रिलिज हुन लागेको उनको सिनेमा ‘साथी म तिम्रो’बाट भुवनले निकै आस व्यक्त गरेका छन् । यसै सिनेमाबाट भुवनको तकदिरको फैसला हुँदैछ ।

ठीकै हो नि भुवन अंकल, आखिर तपाईलाई हीरो बनाएर हात लाग्यो जीरो हुन कुन पो निर्माता तैयार होलान र ?
Post a Comment