उनले सिनेमा निर्माण कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अभिनय छाड्ने घोषणा गरेकी हुन् । 'हामीकहाँका सिनेमा निर्माण कम्पनी ब्यवसायिक नभएकाले यो निधो गरेकी हुँ' व्रेकफेल अभिनेत्रीले भनिन् 'सुटिङ सुरु हुँदा पनि स्क्रीप्ट नदिने, कस्ट्युम नदिने, फ्लोरमा गएपछि मात्रै कथावस्तु थाहा हुने । तपाईँ भन्नुस त यसरी कसरी काम गर्न सकिन्छ ?'
अब आफू सिनेमा निर्माण र निर्देशनमा लाग्ने उनले बताइन् । अरु प्रोडक्सन हाउसका चलचित्रमा काम नगर्ने उनले स्पष्ट पारिन् । होमप्रोडक्सनका सिनेमाको पनि निर्माणको काममा ध्यानदिने उनले बताइन् । हालै हनुमानढोका जिल्ला प्रहरी कार्यालयमा भएको 'व्रेकफेल' समीक्षा विवाद छलफलमा उनले अबदेखि फिल्म नगर्ने बताएकी थिइन् । यद्यपी व्रेकफेललाई लिएर भएका घटनाक्रमले आफूलाई काममा खट्न ऊर्जा मिलेको उनको भनाई थियो । अभिनेत्रीका रुपमा होमप्रोडक्सनको 'तुलसी' र यसअघि सहमति भैसकेको एक प्रोजेक्ट नै आफू अभिनित अन्तिम चलचित्र हुने ऋचाले जानकारी दिइन् ।
ऋचालाई सिनेमा ब्यावसायिक छैन भन्ने कुराको बोध भएको यो पहिलोपटक भने होइन । अर्की निर्मात्री कृषा चौलागाईँलाई उनले एक प्रोजेक्टमा सँगै काम गर्दा उनी ब्यावसायिक नभएको आरोप लगाएकी थिइन् । यसअघि अभिनेत्री झरना बज्राचार्यले पनि अभिनयबाट सन्यास लिने घोषणा त गरिन् तर उनको बोली खस्न नपाउँदै अर्को सिनेमा गर्ने खबर बाहिर आयो । भुवनले पनि सन्यासको घोषणा गरेका थिए । धेरैले धेरैपटक सन्यासको घोषणा गरेपनि ऋचाले गर्ने भनिएको सन्यासले कुन रङ लिन्छ हेर्न बाँकी छ ।
एनीवे,अहिले त हामी यी काली सुन्दरीलाई गुड बाई मात्र भन्न सक्छौं ।
Post a Comment