Today's Highlights

Fun & Fashion

International

Latest Updates

Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

मेरो छाति आकर्षक छ : बिनिता बराल

5:42 AM
•

साउन ६,काठमाडौं-

'चपली हाईट' चलचित्रबाट उदाएकी नायिका बिनिता बरालको हट छवि अझै मेटिएको छैन । प्रस्तुत छ पछिल्लो समयमा केहि ओझेलमा रहेकी बिनितासंग गरिएको फरक विषयको (स्तन) कुराकानी :

स्तन "स्तनपान" का लागि बनेको हो भन्ने कुरा मान्नुहुन्छ ?
मान्दिनँ, सन्तान प्राप्तिपछि चाहिँ स्तनपानका लागि नारीलाई भगवान्ले दिएको वरदान हो, तर म ब्रेस्टलाई नारी भनेर चिनाउने अंगका रूपमा लिन्छु।

स्तनबिना महिलाको सौन्दर्य हराउँछ भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
सौन्दर्यको महत्वपूर्ण अंग भएकाले स्तन भएन भने सौन्दर्य हराउँछ भन्ने कुरा मान्छु।

'क्लिभेज' देखिने पहिरन र नदेखिने पहिरन लगाउँदा तपाईंलाई हेर्ने नजरमा के फरक पाउनु भएको छ ?
फरक पाएकी छु। विदेशमा त्यो कुरा सामान्य मानिए पनि हाम्रो समाज यौन कुण्ठित भएकाले क्लिभेज देखाउँदा टीका-टिप्पणी हुन्छ।

कुनै बेला कसैले तपाईंको स्तन आकर्षक छ भनेर भनेका छन् ?
त्यस्तो 'कम्लिमेंट्स' पाएकी छैन।

भनिन्छ, ग्ल्यामर क्षेत्रमा महिलाहरूको स्तन आकर्षक र ठूलो देखिनुपर्छ, तपाईंचाहिँ त्यसका लागि के गर्नुहुन्छ ?
ठूलोभन्दा पनि आकर्षक देखिनुपर्छ भन्ने लाग्छ। मेरो जीउडाल अनुसार मेरो ब्रेस्ट आकर्षक छ। त्यसैले त्यसलाई थप आकर्षक बनाउन खासै केही गर्दिनँ।

आफ्नो स्तनलाई कस्तो मान्नुहुन्छ, ठूलो, सामान्य कि सानो ?
सामान्य।

स्तन क्यान्सरप्रति कत्तिको सजक हुनुहुन्छ ?
बेलाबखत चेकअप गराउँछु। एञ्जिलिना जोलीले त्यही कारणले आफ्नो स्तन गुमाउनु परेको घटनापछि सम्भवतः धेरै महिला मजस्तै सजग भएका होलान् र हुनु पनि पर्छ।


जुन २१ मा अप्रिल फुल ?

4:55 AM
•


नेपाली कथानक चलचित्र ‘अप्रिलफुल’ यही असार ७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । 

राजधानी काठमाडौं लगायत देशभर एकसाथ चलचित्र प्रदर्शनमा आउन लागेको हो । चलचित्र ‘अप्रिलफुल’ थर्ड टिम फिल्म्स प्रा. लि.को ब्यानरमा निर्माण गरीएको हो ।
 
चलचित्रको प्रमोसनका क्रममा बुटवल आएको अप्रिलफुलको टोलीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको विविध पक्षबारे जानकारी गराएको हो । भद्र भुजेलद्वारा निर्देशित ‘अप्रिलफुल’को निर्माता विनोद लामिछाने र कार्यकारी निर्माता टिकाराम बिष्ट रहेका छन् । कमल/केशब लामिछाने प्रस्तुतकर्ता रहेको सो चलचित्रमा दिपक शर्माको संगित, कविराज गहतराजको नृत्य तथा सुर्य ठोकरको द्धन्द निर्देशन रहेको छ । 
 
रामशरण उप्रेतीले छायाङ्कन गरेको ‘अप्रिलफुल’मा मुस्कान ढकालको कथा र प्रकाश पुरीको पटकथा रहेको छ भने सुमीना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, ऋषी न्यौपाने, मनोज लामिछाने, महीमा सिलवाल, किरण न्यौपाने, देशभक्त खनालको अभिनय रहेको छ ।

राजधानी काठमाडौं लगायत बुटवल र पाल्पामा छायाङ्कन गरीएको सो चलचित्रले दर्शकहरुलाई मनोरञ्जन र सन्देश दिने विश्वास चलचित्रका नायक मनोज लामिछानेको छ । ६० लाख लागतमा निर्मित ‘अप्रिलफुल’ले राम्रो बजार पाउने आशा थर्ड फिल्म्स प्रा.लिले विश्वास छ । चलचित्रले एडल्ट सर्टिफिकेट प्राप्त गरेको बताईएको छ । 

रेखाको नयाँ अवतार

8:52 PM
•


फिल्मीकुरा,असार ५ ।

बजारमा अहिले नयाँ रेखा थापाको निकै चर्चा चल्न थालेको छ । नझुक्किनुहोला रेखा थापा नामकी नयाँ कुनै नायिका नेपाली चलचित्र क्षेत्रमा आएछिन् कि के हो भनेर ।

कुरा हो उनै चुलबुले शोमेकर नायिका रेखा थापाको । कहिले पत्रकार कुटेर,कहिले नायकहरुसँगको विवाद,कहिले पतिसँगको सम्बन्ध त कहिले राजनीतिक कारण चर्चामा आइरहन खप्पीस नायिका थापाको पछिल्लो चर्चा भने उनको नयाँ लुक र सौन्दर्यको कारण हुन थालेको हो ।

नेपाली चलचित्र क्षेत्रकै हट एण्ड सेक्सी नायिकाको उपमा पाइसकेकी रेखा उमेरले जति जति उकालो लाग्दैछिन् उति नै उनको सौन्दर्यमा पनि निखारपन आउन थालेको देखिन्छ । उनको त्यो सौन्दर्यलाई भर्खरै मात्र बजारमा आएको अँग्रेजी पत्रिका 'वेभ' को जुन अंकले आफ्नो कभर पेजमा प्रयोग गरेको छ ।
अहिलेसम्म प्रकाशित फोटोहरु भन्दा विल्कुलै नयाँ लुकमा खिचिएका ती फोटोहरुमा रेखा साँच्चिकै आकर्षक र सुन्दर देखिएकी छिन् ।

रेखालाई यसरी नयाँ लुकमा प्रस्तुत गर्न पत्रिकाकी सम्पादक पूर्व मिस नेपाल माल्भिका सुब्बा र फेसन डिजाइनरहरु तेञ्जिङ छेतेन,शुभेच्छा वादेल,रसना श्रेष्ठ र मेकअप आर्टिष्ट सकिल कुँवरले निकै मिहिनेत गरेका छन् ।

एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि थापाको चर्चा अरु बढेको छ । पार्टीमा प्रवेश गरिसकेपछि पनि उनी काली नामको चलचित्र बनाउन सक्रिय छिन् । यसै सन्दर्भमा भर्खरै रेखाले दिएको एक अन्तरवार्तामा उनले आफूमाथि हुँदै आएका आलोचनाहरुको यसरी प्रतिवाद गरेकी छन् :
कलाकार राष्ट्रको गहना हुन्छन् । तर तपाई त माओवादीको कार्यकर्ता बन्नुभयो, हामी तपाईलाई कलाकार भनौं कि पार्टीको कार्यकर्ता ?
–म गहनाबाट अब देशको सेवक हुन चाहन्छु । मलाई कुनै पनि पार्टीको कार्यकर्तामात्रै भन्दा पनि तपाईहरु र राष्ट्रको सेवकका रुपमा चिनिदिनुभए हुन्छ । म माओवादीमा प्रवेश गरेको पनि देश र जनताको सेवा गर्नकै लागि हो । समाजको सेवक बन्नका लागि हो ।
Rekha-Thapaके देखेर, र के गर्छु भनेर माओवादीमा प्रवेश गर्नुभयो ? पार्टीमा तपाईको भूमिका के रहन्छ ? पार्टीको नीति नियमको बारेमा कत्तिको स्पष्ट हुनुहुन्छ ?
–पार्टीमा लागिसकेपछि त्यसका नीति नियमहरुको पालना गर्नैपर्छ । कतिपय नीति नियम नयाँ पनि बन्दै जान्छन् । पार्टीमा लागिसकेपछि नबुझेका विषय पनि बुझिन्छ । जहाँसम्म मेरो भूमिकाको प्रश्न छ, मलाई यस्तै भूमिका चाहिन्छ भन्ने आग्रह छैन, राजनीतिमार्फत समाजको सेवा गर्ने मेरो भूमिका रहने छ । बाँकी भूमिका भविश्यले निर्धारण गर्नेछ ।
तपाईले पार्टी प्रवेश गर्दा माओवादी गरीवको पार्टी भन्नुभएको थियो । तर, तपाईका नेताहरु आलिसान महलमा बसिरहेका छन् । गरीव जनताको कुरा सुनिरहेका छैनन् । तपाई यसलाई कसरी लिनुहुन्छ ?
–युद्धका बेला नेताहरुको भूमिका बेग्लै थियो । तर, अहिले सरकारमा जाने र अन्य भूमिका निर्वाह गर्ने क्रममा उहाँहरुले प्रयोग गरेका महलहरु नेताका पेवा होइनन् जस्तो मलाई लाग्छ ।
पहिला छवि ओझालाई प्रयोग गर्नुभयो, अब फेरि माओवादी पार्टीलाई प्रयोग गरेर अगाडि बढ्न थाल्दै हुनुहुन्छ भन्ने तपाईलाई आरोप लाग्ने गरेको छ, के यो साँचो हो ?
हिजोका दिनमा कसले कसलाई प्रयोग गर्यो, त्यो इतिहासले प्रष्ट पार्ने कुरो हो । चेतनशील मान्छेले कसैलाई यस्तो आरोप लगाउन सक्दैन । म कसैलाई प्रयोग गर्ने वा कसैबाट प्रयोग हुने मान्छे होइन । मान्छेले अपमानित गर्नका लागि यस्ता आरोपहरु लगाएका मात्र हुन् । तपाईहरु कोही पनि यस्तो भ्रममा नपर्नुहुन आग्रह गर्छु ।
देशमा बढदो अशान्ति गरीविले गर्दा लाखौ युवाहरु विदेशिएका छन । तपाईको पार्टि प्रवेशले ति युवाहरुलाई स्वदेशमै राख्ने खालको कुनै योजनाहरु छन् ?
–म पार्टीमा नरहँदा पनि र नरहँदा पनि यस विषयमा सोच्ने गरेकी छु । अमेरिका गएर फर्केपछि मैले देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने कुरा गर्दा धेरैले मेरो विरोध गरे । हामीकहाँ राम्रो काम गर्न खोज्दा विरोध गर्ने चलन छ । तर, म विचलित नभई युवाहरुको पक्षमा काम गर्न तयार छु । म आफैं पनि युवा हुँ । त्यसैले युवाहरुले विदेश जानु नपरोस्, रोजगारीका लागि भनेर एकजना पनि नेपालीले एयरपोर्ट टेक्नु नपरोस् । त्यसका कहाँ कहाँ संघर्ष गर्नुपर्ने हो, त्यसका लागि लड्न म तयार छु । बरु यसका लागि मैले पार्टीभित्र र बाहिर कसरी संघर्ष गर्नुपर्छ, सल्लाह र सुझाव दिनुहोला, तपाईहरुसँग हातेमालो गरेर अघि बढ्न म तयार छु । तपाई हामीले मिलेर यो काम गर्नुपर्छ र देशको भलो हुने काम सोच्नुपर्छ । तपाईहरुको माया पाएपछि मैले यसबारे अवश्यै केही गर्न सक्छु भन्ने सोचेकी छु ।
तपाई आफुलाई कतिको सेक्सी ठान्नुहुन्छ ? जति उमेर ढल्कँदैछ, उति सेक्सी देखिन थाल्नुभएको छ, यसको राज के होला ?
–मेरो उमेर कहाँ ढल्केको छ र ? झनै जवानी पो चढ्दैछ ! जहाँसम्म सेक्सी देखिएको भन्ने कुरा छ, मलाई त्यस्ती छु जस्तो लाग्दैन, तपाईहरुलाई लाग्यो होला ।
सेक्सबारे तपाईको धारणा के हो ?
–सेक्सका बारेमा भन्दा पनि म देशका बारेमा सोच्न चाहन्छु । धेरै युवायुवतीले देश छाडेर, विदेशमा गएर काम गरिराख्नुपरेको छ । हाम्रा सबै नेपाली दाजुभाइले आफ्नै देशमा बसेर काम गर्ने र खुशीसाथ जीवन बिताउने वातावरण बनाउनुपर्छ ।
अर्को विवाह गर्ने सोचाइमा हुनुहुन्छ कि ? के सोचाइ बनाउनुभएको छ ? घरबार गर्ने हो भने कस्तोखालको रोज्नुहुन्छ ?
–मैले विवाहबारे केही पनि सोचेकी छैन र अहिले विवाह मेरो कल्पनाभित्र छैन । जहाँसम्म मेरो कस्तोखालको घरबार हुन्छ भन्ने प्रश्न छ, मैले केटाको धन सम्पत्ति हेर्दिँन । मेरो घरबार रिक्साचालक वा सब्जी ब्यापारीसँग पनि हुन सक्छ । वैदेशिक रोजगारीमा गएकाहरुसँग पनि हुन सक्छ । मैले यसबारे अहिल्यै सोचेकी छैन ।
तपाई र छविको सम्बन्ध टुटेको रहेछ, अब तपाईको साथ पाउने भाग्यमानी को होला ?
–विवाह, सम्बन्ध र मृत्यु आफूले चाहेर नहुँदोरहेछ । अब मेरो कोसँग विवाह होला, यो मेरो कल्पना बाहिरको कुरा हो ।
छवि ओझालाई छाडनुको कारण के हो ? धन, उमेर या सेक्स ?
–छविजीलाई मैले छाडेकी हैन, माथिबाटै यस्तो हुन गएको हो । लेखान्तको कुरो हो ।
तपाईको नाम प्रकाश दाहाल र जीवन लुइटेलसँग जोडिन थालेको रहेछ, सत्य के हो ?
–जीवन लुँइटेल र म एउटै गाउँका हौं । उनी मेरी मम्मीलाई मम्मी भन्छन् । हाम्रो परिवारमा उनको आवत-जावत पनि भैरहन्छ । उनी मेरा असाध्यै राम्रा साथी हुन् । उनले पनि चलचित्र क्षेत्रमा १० वर्षभन्दा बढी संघर्ष गरेर यहाँसम्म आएका छन् । उनी विवाहित मानिस हुन् । जहाँसम्म प्रचण्डपुत्रको कुरा छ, काम नभएका मान्छेले फुर्सद कटाउन लगाउने यस्ता उट्पट्याङ आरोपका पछाडि लाग्ने मलाई फुर्सद छैन ।
(मलेसियाबाट प्रकाशित हुने नेपालीखबरका लागि त्यहाँस्थित विभिन्न नेपाली युवाहरुले सोधेका प्रश्न र नायिका थापाले दिएको जवाफमा आधारित)



माईकल ज्याकसनकी छोरीद्वारा आत्महत्याको प्रयास

8:22 PM
•


जेठ २३ काठमाडौं

पप गायकका सम्राट भनेर चिनिने माईकल ज्याकसनकी १५ वर्षिय छोरी परिस ज्याकसनले आत्महत्याको प्रयास गरेकी छिन् ।

अमेरिकाको वाल स्टिट्र जर्नलले जनाएअनुसार बुधवार राति स्थानीय समयअनुसार १:३० बजे उनले आत्महत्याको प्रयास गरेकी हुन् । किचनमा प्रयोग हुने चक्कुको सहायताले उनले आफ्नो एउटा हत्केला काटेकी छन् ।  परिसको अहिले लस एन्जसल्स हस्पिटलमा उपचार भइरहेको छ । राती १ बजेर २७ मिनेट जाँदा ज्याकसनका छिमेकीहरुले प्रहरीको आक्समिक सेवा ९११ मा फोन गरी घटनाको जानकारी दिएका थिए ।

घरपरिवारले मन्सुन कन्सर्टमा जान नदिएको कारण गर्दा नै उनले आत्महत्याको प्रयास गरेको बताइएको छ । आत्महत्या गर्नुअगाडी उनले आफ्नो ट्विटर यसरी अपडेट गरेकी थिइन् ।

सन् २००९ मा यो संसारबाट बिदा भएका पप सम्राट ज्याकसनलाई अन्तिम श्रद्धान्जली दिँदा छोरी परिसले आफ्नो बाबु कल्पना गरेको भन्दा पनि राम्रो पिता भएको कुरा बताएकी थिइन् ।

दुइ दिन अगाडी उनले आफुले कसरी मेकअप गरेको भिडियो समेत सामाजिक संजालमा आपलोड गरेकी थिईन ।

ममाथि शोषन भयो : रेखा थापा

3:26 AM
•

जेठ २१,काठमाडौं (फिल्मीकुरा) ।

नायिका रेखा थापाले आफू विरुद्ध भ्रामक समाचार लेखेको भन्दै एक साप्तहिक पत्रिकाका सम्पादक माथि गुनासो पोखेकी छिन् ।

फेसबुक मार्फत नायिका थापाले दृष्टि साप्ताहिकका सम्पादकले आफ्ना बारे तथानाम लेखेर महिला हिंसा गरेको आरोप लगाएकी छिन् । उनले लेखेकी छिन्–दृष्टि साप्ताहिकका सम्पादक उमेरले मेरो काका जस्तै आदरणीय हुनुहुन्छ । तर एउटा सभ्य मान्छेले महिलाको चरित्र माथि यसरी जथाभावी लेख्न लेख्ने छुट हुन्छ ? 

आफ्नो स्टटसमा रेखाले महिलासँग अनुचित सम्बन्ध राख्नेहरुले नै महिलाका चरित्र माथि यसरी प्रश्न उठाउने दाबी समेत गरेकी छिन् । त्यसैले सम्पादकलाई एउटा ऐनाको आवश्यकता परेको पनि उनले जिकिर गरेकी छिन् । 

सम्पादकप्रति व्यँग्यत्मक रुपमा प्रस्तुत हुँदै थापाले सम्पादकको छोरी र भतिजीमाथि कसैले प्रश्न उठाउने दिन नआओस् भन्ने कामना गर्दै आफूले मानहानीको मुद्दा पनि नहाल्ने प्रष्ट पारेकी छिन् । 

एकीकृत माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाशसँग आफ्नो नाम जोडेर समाचार छापिएपछि रेखाले आक्रोश मिश्रित स्टाटस् पोष्ट गरेकी हुन् । 

तीन नायिका वेपत्ता !

2:50 AM
•


म त काली सुन्दरी भनेर आफ्नो छालाको रंग र सौन्दर्यको आफ्नै चर्चा गरेर चर्चामा आएकी कलिउडकी काली ऋचा घिमिरे,नेपालकी अमिषा पटेल भनेर आफूलाई चिनाउन चाहने अरुणिमा लम्साल र सेकेण्ड हेन्ड पति निखिल उप्रेतीकी सेकेण्ड हेन्ड नै पत्नी बनेकी संचिता लुइटेल यतिखेर लगभग बेपत्ता अवस्थामै छन् ।

कुनै समयमा नेपाली चलचित्र वृत्तमा चकचकी लाइमलाइटमा रहेका यी नायिकाहरु बेखबर बनेको लगभग दुई तीन वर्ष नै वितिसकेको छ । अहिले उनीहरु कहाँ छन् र के गर्दै छन्,बेखबर छ । यी तिनै जना नायिकाहरु आमा बनेर अहिले घर गृहस्थीमै व्यस्त छन् ।ऋचा  र अरुणिमा दुवै आ–आफ्ना छोरी स्याहारेर हुर्काउने ध्याउन्नमा छन् भने मात्र एक– एक वर्षको अन्तरमा पाएका दुई वटा छोराछोरीको लालनपालनले आमा संचितालाई व्यस्त नबनाउने कुरै भएन । वेला बेलामा टेलिभिजन र पत्रपत्रिकामा संगीनी तीन महिने सुईको विज्ञापनमा देखा पर्दै आएकी संचिताको अहिले त्यो विज्ञापन पनि रोकिएको छ । परिवार नियोजनको साधन संगीनीकी मोडल संचिता आफैले एकै वर्षको अन्तरमा अर्को बच्चा जन्माइदिएपछि विज्ञापनकै धज्जी उडाएको भन्दै उनी अभिनित विज्ञापनमै रोक लगाइएको हो ।

यसबीचमा अहिले थुप्रै नव नायिकाहरु जन्मिसकेका छन् । त्यसले पनि यी नायिकाहरुको अभावको आभाषसम्म हुन पाएको छ । त्यसैले अब यी नायिकाहरुको पुनरागमनको सम्भावना पनि कमजोर बन्दै गएको छ ।

खोसिएको हाँसो

10:04 PM
•


यी लोभलाग्दो हाँसो धरान महोत्सवसँगै कहाँ हरायो कहाँ ।

भेटिएन सौजन्यको सेक्स भिडियो

10:03 PM
•
जेठ २२,काठमाडौं । 
नायिका सौजन्य सुब्बाको सेक्स भिडियो बजारमा आएको भन्ने यसअघिको हल्ला अन्ततः मिथ्या सावित भएको छ । गत कार्तिकमै आएको भिडियो  अहिलेसम्म फेला पार्न नसकेपछि केवल स्वार्थवस र सौजन्यलाई बदनाम गर्न मात्र हल्ला चलाइएको भन्ने पुष्टि भएको छ । 
कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो ।
राणा र सुब्बाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएकोमा गत कार्तिकमा त्यो सम्बन्ध सकिएको थियो । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो  ।
सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच बर्षअघि नै बिबाह गर्न नसक्ने बताइसकेका थिए । बिबाह नगर्ने भए दुई करोड रुपैयाँ दिन सौजन्यले माग गरिन् । तर रोजले दुई करोड नदिने भएपछि उनीहरुवीच दरार सुरु भएको थियो । त्यसक्रममा सौजन्यले आफुसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सुरक्षित भएको भन्दै रोजलाई धम्क्याएकी थिइन् । रोज पनि के कम उनले पनि आफुसँग पनि भिडियो भएको र त्यो सार्वजनिक गरिदिने धम्की दिए ।

रेखा विना 'लोफर' बन्दै छवि

7:43 PM
•

जेठ २२ । 

अभिनेता दयाहाङ राईको तीन दिनको काम थाती राखेर निर्माता छबि ओझाले आफ्नो पछिल्लो फिल्म 'लोफर'को सुटिङ सकिएको जानकारी गराए । गत बैशाख २३ गतेका दिन गोदावरीबाट सुटिङ शुरू गरिएको यो फिल्मको मंगलबार प्याकअप गरीएको हो ।

'दयाले केहि तौल घटाउन पर्ने भएकाले बाँकी कामलाई केहि दिन पछि सारेर आज प्याकअप गरिएको हो,' छबिले भने । पूर्ण फर्मुला शैलीकै यो फिल्म असोज २५ गते फुलपातीका दिन रिलिज गर्ने छबिको भनाई छ । एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म 'लोफर'लाई डेब्यू गर्दै आदित्य विक्रम लम्सालले निर्देशन गरेका छन् ।

आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल 'क्षेत्री', रजनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सोनाल सापकोटाले संगीत भरेका छन् । फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

रेखाको शक्ति भोक

7:31 PM
•
फिल्म हात पर्न छाडेपछि माओवादीतर्फ लागेकी उच्छृङ्खल नायिका रेखा थापा मान्छेहरूलाई प्रयोग गर्न र फाल्न माहिर छिन्। 

हिरोइन बन्नकै लागि छवि ओझासँग बिहे गरेकी उनले आफ्नो स्वार्थ पूरा भएपछि श्रीमान्को समेत मतलब गरिनन् । जब देशमा वाईसीएलको शासन थियो, त्यसबेला उपत्यकाका वाईसीएल इन्चार्ज सागरसँग भाइटिका लगाएर चर्चा र शक्ति बटुलिन् । उनकै आडमा चलचित्र विकास बोर्डमा नियुक्त हुनका लागि ठूलै लबिङ गरिन्। तर, त्यसमा असफल भइन् ।

डन गणेश लामा शक्तिशाली भएका बेला उनले लामासँग पनि दोस्ती मनाइन्। अंग्रजी नयाँ वर्ष उनले दरबारमार्गस्थित लामाकै रेष्टुरेन्टमासँगै मनाएकी थिइन् । तर, लामाबाट पनि आफ्नो स्वार्थ पूरा हुन सकेन। त्यसपछि माओवादी नेताका घर धाएकी रेखा बेरोजगार भएपछि माओवादीमै प्रवेश नै गरिसकेकी छिन् । चलचित्र विकास बोर्डका अध्यक्ष बन्न नसकेपछि बोर्डका अध्यक्ष पप्पुसँग भने उनले दोस्ती गाँसेकी छिन् । धरानमा भइरहेको चलचित्र महोत्सवमा पनि उनी बिहान बेलुकी पप्पुसँगै देखिइन् । मोरङबाट चलचित्र लड्ने समेत घोषणा गरिन् ।

चलचित्र क्षेत्रमा कसैले पनि मतलब गर्न छाडेपछि रेखा चुनाव लड्ने कुरा गर्न थालेकी छिन् । त्यसका लागि माओवादी पुत्र प्रकाशसँग उनको हिमचिम बढेको छ ।


त्यस्तो त प्रकाशसँग उनको नयाँ हिमचिम भने होइन । बिना मगरलाई भगाउनुभन्दा पहिले पनि प्रकाशले रेखासँग घरजम गर्ने कुरा चर्चामा आएको थियो । तर बिनासँग प्रकाश बेपत्ता भएपछि रेखा रिसाएकी थिइन्। स्रोतका अनुसार अहिले प्रकाश पुनः खुला भएपछि अहिले बिनासँगभन्दा प्रकाशको दोस्ती रेखासँग बढेको छ ।

प्रकाशसँग रेखा लाग्नुको प्रष्ट कारण हो, प्रचण्डको शक्ति । प्रकाशले प्रचण्डसँग लडेर भए पनि आफ्नो लागि जे पनि गर्न सक्छन् भन्ने रेखालाई लागेको छ । त्यसकारण अहिले रेखा प्रकाशसँग नजिकिएकी हुन् । स्रोतका अनुसार आगामी चुनावमा समानुपातिकतर्फबाट सभासद् बन्ने योजनामा रेखा लागेकी छिन्। त्यसका लागि उनले प्रकाशलाई प्रयोग गर्न लागेकी हुन्।

हट मोडल पूनम पाण्डेको फिल्म ‘नशा’ को रिलीज डेट तय

9:49 PM
•
आफ्नो अभिव्यक्ति तथा बानीका कारण धेरैनै चर्चामा रहने गरेकी बलिउड मोडल पूनम पाण्डेको पहिलो हट फिल्म ‘नशा’ को रिलिज डेट घोषणा गरिएको छ । पूनमले यस अघिनै यस फिल्मलाइ हिन्दी फिल्म इन्डस्ट्रीको सबैभन्दा बोल्ड फिल्म घोषित गरिसकेकी छन ।
पूनम पाणडेको मुख्य भूमिका भएको यो फिल्म ‘नशा’ को रिलीज डेट तय भएको छ । यो फिल्म २६ जुलाईका दिन रिलीज हुने बताइएको छ । यस फिल्मलाइ मल्टीप्लेक्सहरूका साथमा सिङ्गल स्क्रीन हलहरमा पनि रिलीज गरिनेछ ।
यस फिल्म को पहिला ट्रेलर जूनको पहिलो सप्ताहमा कुनैपनि बेला रिलिज गरिने बताइएको छ । यो जानकारी फिल्मका निर्देशक अमित सक्सेनाले बताएका हुन ।
अमित सक्सेनाका अनुसार फिल्म लगभग बनेर तयार भैसकेको छ । अब मात्र पोस्ट प्रोडक्‍शनको काम बाँकी छ। यो काम पनि छिटै सकिने उनले बताएका छन ।
‘नशा’ फिल्म अघि अमित सक्सेनाले जोन अब्राहम र बिपाशा बसुका साथमा बोल्ड फिल्म ‘जिस्म’ बनाइसकेका छन ।
‘नशा’ एक १८ बर्षको युबक तथा २५ बर्षीय युवतीका बिचको प्रेक कथामा आधारित फिल्म हो । यस प्रेमकथालाइ निकै बोल्ड अन्दाजमा प्रश्तुत गरिएको छ ।
यस फिल्ममा पुनमको हट अन्दाजलाइ कति धेरै दर्शकहरूले मन पराउने हुन त्यो भने हेर्न फिल्म रिलिज हुने मिति नै कुर्नुपर्ला ।

बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरिन

8:03 PM
•
जेष्ठ २१-मुम्बई ।
भारतको मुम्बईमा बलीउड अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन । उनले बलिउड फिल्म इन्डष्ट्रिजमा निशब्द, गजनी र हाउसफुल जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन ।
सोमवार जियाले आफ्नो जुहू स्थित घरमा आत्महत्या गरेकी छन । जियाले आफ्नो फिल्मी करिअरको शुरुवात बलिउडका महानायक अमिताभ बच्चनका साथ ‘निशब्द’ फिल्ममा काम गरेर गरेकी थिइन ।
यस बाहेक बलिउड अभिनेता आमिर खानका साथमा उनले फिल्म ‘गजनी’ र अक्षय कुमारका साथमा उनले फिल्म ‘हाउसफुल’ मा काम गरेकी थिइन ।
अल्म ‘हाउसफुल’ मा देखा परेकी थिइन । यस फिल्ममा अक्षय कुमार र जिया खान बाहेक दीपिका पादुकोण, रितेश देशमुख र लारा दत्ताले पनि अभिनय गरेका छन ।
जिया खानको अन्तिम ट्वीट
जिया खानले गत २३ मे का दिन अन्तिम ट्वीट गरेकी थिइन । उनले यस ट्विटमा लेखेकी थिइन ‘मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ‘।


नागार्जुन गुम्वामा भव्य सांगितिक कार्यक्रम

5:47 AM
•
वास्तुकलाको नमुना विहारको रूपमा परिचित कोरियाको जन्दुङ्सा गुम्वामा अन्तराष्टिय कला संस्कृती सांगितिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कोरियाको रमणिय स्थान इन्छन एरियामा रहेको यो गुम्वाले पहिलादेखि नै विभिन्न देशका नागरिकहरूलार्इ निमन्त्रणा गरी उनिहरूको कला र सस्कृतीलार्इ देखाउदै आएको थियो । यस गुम्वाले यो वर्ष पनि नेपाल, बंगलादेश, श्रीलङ्का म्यानमार फिलिपिन्स भियतनाम लगायतका अन्य देशहरूलार्इ निमन्त्रणा गरी उनिहरूको कला र सस्कृती लार्इ सांगितिक कार्यक्रम मार्फत प्रस्तुत गरेको थियो । नेपालको तर्फ वाट नेवारी नृत्य प्रस्तुत रहेको थियो। 

कोरियन कलाकारहरू समेत रहेको यो कार्यक्रममा बि व्वार्इ ,गाङनाम स्टार्इ, ह्वाट्स युवर नेम र आरा मोल्ला जस्ता गितहरूमा नृत्य प्रस्तुत गरि उपस्थित दर्सकहरूलार्इ भरपुर मनोरन्जन दिएका थिए । 
विदेशीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरू १५० जनाको हाराहारीमा रहेका थिए । 

नेपालीहरूको लागी नागार्जुन गुम्वा, दोङ्देमुन र माशोकमा गरी ३ वटा बसको व्यवस्था गरेको थियो ।

मङ्सिरको पहिलो हप्तामै निर्वाचन : रेग्मी

3:28 AM
•
जेठ १५,काठमाडौ । 

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन आगामी मङ्सिरको पहिलो हप्ताभित्रै गर्ने कुरामा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।
 
गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारले आफ्ना कामहरु केन्द्रित गरेको बताए ।
 
“हामीलाई सुम्पिएको ऐतिहासिक दायित्वलाई सम्पन्न गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौं, छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्ने कार्यका लागि राजनीतिक दलहरुसँगको परामर्शलाई तिव्रता दिएका छौं”–अध्यक्ष रेग्मीले भने ।
 
सरकार बनेपछि निर्वाचन आयोग गठनको पूर्णतासँगै मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी अध्यादेशहरु जारी भएको, नागरिकता वितरण एवम् मतदाता नामावली सङ्कलन कार्य मुलुकमा उत्साहपूर्व भइरहेको र निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष रेग्मीले बताए ।
 
अध्यक्ष रेग्मीले निर्वाचनका लागि आवश्यक पर्ने व्यापक राजनीतिक आधार सिर्जना गर्ने कार्यका लागि राजनीतिक दलहरुसँग द्विपक्षीय, बहुपक्षीय र सर्वदलीय औपचारिक, अनौपचारिक परामर्श भइरहेको बताउँदै निर्वाचन मूलतः राजनीतिक प्रक्रिया भएकाले यस प्रक्रियामा सबैले भाग लिन सक्ने वातावरण बनाउन संविधानसभा निर्वाचनसम्बन्धी कानुनलाई अन्तिम रुप दिन सरकारले सघन अन्तक्र्रिया जारी राखेको बताए ।
 
“निर्दिष्ट समयभित्रै संविधानसभाको निर्वाचन गर्नुपर्ने अपरिहार्यतालाई दृष्टिगत गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्ने तथा छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्न दलहरुसँगको परामर्शलाई तिव्रता दिइएको छ, आवश्यकताअनुसार यस कार्यमा सरकार उपयुक्त निर्णय लिई अगाडि बढ्न दृढ छ”–अध्यक्ष रेग्मीले भने ।
 
उनले राजनीतिक स्थायित्व कायम गर्न र सङ्क्रमणकालको शान्तिपूर्ण अवतरणका लागि एकमात्र उपाय भनेको संविधान निर्माण हो भन्दै अहिले संविधान निर्माणको सर्वस्वीकार्य माध्यम संविधानसभाको गठनका लागि स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी ढाँचाको निर्वाचन प्रक्रियामा सक्रियताका साथ लाग्नुको विकल्प  नभएको बताए ।
 
अध्यक्ष रेग्मीले निर्वाचन सम्पूर्ण नेपालीहरुका लागि भएको तथा राजनीतिक दलहरुलाई जनताबाट अनुमोदित हुने एकमात्र लोकतान्त्रिक र विधिसम्मत अवसर पनि हो भन्दै स्वतन्त्र, सार्वभौम, सुदृढ लोकतान्त्रिक राष्ट्र निर्माणका लागि संविधान निर्माणमा देशका सबै नागरिकको एकताबद्ध सहभागिता र उत्साहप्रद सहयोग आवश्यक भएको बताए ।
 
“वास्तवमा ठूला राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्नु हाम्रा लागि दुःखद स्मरण भए पनि वर्तमान समयमा आशावादी भई संविधानसभा र संविधासभामार्पmत संविधान निर्माण गर्ने दिशामा सक्रियतापूर्वक लाग्नुनै आजको महत्वपूर्ण आवश्यकता हो” –अध्यक्ष रेग्मीले भने ।
 
निर्वाचन गर्ने गुरुत्तर दायित्वका सँगसँगै सुशासन, शान्ति, स्थायित्व र विकासका लागि राज्यका तर्फबाट समुचित प्रयास गरिने बताउँदै अध्यक्ष रेग्मीले नेपालीका लागि आवश्यक पर्ने उपयुक्त सामाजिक तथा रानजीतिक वातावरण सिर्जना गरी शान्तिपूर्ण जीवनयापन गर्ने र विकासको चाहनालाई साकार तुल्याउने कार्यमा राज्यले हरसम्भव सक्रियता देखाउनै पर्दछ भने । रासस 

संयन्त्र बैठक तेस्रो पटक स्थगित

3:24 AM
•
जेठ १५,काठमाडौ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित भएपछि आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तेस्रो पटक स्थगित भएको छ ।
संयन्त्रको बैठकमा भाग लिनुको साटो नेपाली कांग्रेसका सभापति सुशील कोइराला पूर्वसूचनाबिनै पार्टी कार्यक्रममा भाग लिन चितवन हान्निएपछि बैठक स्थगित भएको हो ।
यसअघि पनि कोइरालाले आइतबार बिहान बालुवाटारमा सरकारसँग बैठक बस्नुअघि नै त्यही साँझ तय भएको संयन्त्रको बैठक ‘साँझ मेरो अरु नै मिटिङ तय भएको छ’ भनेपछि सोमबार बिहान ९ बजे बैठक सरेको थियो ।
कोइरालाले सोमबारको बैठक पनि बन्दिपुरमा पार्टीको कामा जाने निहुँमा टारीदिएका थिए । र, आज पनि  नेताहरूलाई खबरै नगरी बिहानै चितवन हानिएका हुन् । कोइराला बैठकमा उपस्थित नभएपछि आजको संयन्त्रको बैठक पनि स्थगित भएको छ ।

रामकुमार राजभण्डारीलाई एभरेष्ट म्याराथनको उपाधि

3:19 AM
•

जेठ १५,सोलुखुम्बु  ।

अन्तर्राष्ट्रिय तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०७०को उपाधि रामकुमार राजभण्डारीले जितेका छन् । सोलुखुम्बुका भण्डारीले निर्धारित दुरी ३ घण्टा ५९ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।
 
यस्तै, सोलुखुम्बुकै डिबि कुलुङ्ग राई दोस्रो भए उनले निर्धारीत दुरी ४ घण्टा ११ मिनेट ०५ सेकेण्डमा पार गरे । यसैगरि ४ घण्टा १२ मिनेट ०९ सेकेण्डमा दुरी पूरा गरेका नेपाली सेनाका तिर्थ तामाङ्गले तेस्रो स्थान ओगटे । 
 
प्रतियोगिताका विजेता राजभण्डारीले नगद १ लाख रुपैयाँ सहित उपाधि हात पारेका छन् । यसैगरी, उपविजेता राईले ७५ हजार र तृतिय हुने तामाङ्गले ५० हजार रुपैँया प्राप्त गरे ।
 
नेपालकै सबैभन्दा अग्लो स्थानमा ५ हजार ३ सय मिटरको उचाइमा रहेको आधार शिविरबाट सुरु म्याराथन ३ हजार ४ सय ५० मिटरको उचाइमा रहेको नाम्चे बजारमा पुगेर टुङ्गिएको थियो । म्याराथनमा ३५ नेपाली सहित १ सय ३१ धावक सहभागि थिए । 
पहिलोपटक सगरमाथामा पाइला टेकेको अवसर पारेर आयोजना गरिने प्रतियोगिता सन् २००३ यता हरेक वर्ष मे २९ कै दिन तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको नामले आयोजना हुँदै आएको छ ।

भारतीय 'मोस्ट वान्टेड' बब्लु पक्राउ

3:14 AM
•

जेठ १५,काठमाडौ  ।

३६ जनाको हत्या, दुई दर्जन लुटपाट र दर्जनौ फिरौती असुलीका घट्नाका मुख्य अभियुक्त बब्लु भनिने मिथलेश यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
मंगलबार राती राजधानीको सितापाइलाबाट ३ महिनाको प्रयासपछि प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको बब्लु भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा थिए।
 
२००९ को डिसेम्बरमा एक प्रहरीले हत्या सम्बन्धि मुद्दाको सुनुवाईको लागि प्रहरी लैजादै गर्दा भारत बिहारको मोतिहारीस्थित अदालत परिसरबाटै बब्लु भागेका थिए।
त्यसयता बिगत ३ बर्षदेखि बिहार राज्यमा आतंकका फैलाइरहेका थिए।
 
२००१ देखि २००९ को बिचमा चारपटक गरी ८ बर्षको काराबासमा दुबेले खडा गरेको 'बिहार पिपुल लिब्रेशन आर्मी' भन्ने अपराधिक समुहले इन्जिनियर र सरकारी कर्मचारीसहित अहिलेसम्म ३६ जनाको हत्या गरीसकेको प्रहरीको दाबी छ।
यसमध्ये ६ हत्या आफैले गरेको स्वीकार गरेका छन्। बिहारमा बब्लुबिरुद्ध बैंक डकैती, लुटपाट र धम्की लगायतका मुद्दाहरु लगाइएको छ। 
 
बब्लुको साथबाट पौने २ लाख नेपाली तथा ६० हजार भारती रुपैया र नेपाली सिमकार्ड सहित ५ थान मोबाईल बरामद भएको प्रहरीले जनाएको छ। 

चुनावसँगै युद्वको घोषणा : गुरुङ

3:09 AM
•
नेकपा–माओवादीका सचिव देव गुरुङले चुनाव मिति घोषणा भए लगत्तै युद्वको घोषणा हुने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार बोल्दै नेता गुरुङले खिलराज रेग्मीको सरकारले आज गर्ने भनिएको चुनावको मिति घोषणा युद्धको घोषणामा परिणत हुने बताएका हुन्।
 
कार्यक्रममा नेता गुरुङले हाम्रो सहमती नलिई चुनावको मिति घोषणा गरिए देशका गृहयुद्ध शुरु हुने समेत चेतावनी दिएका थिए।
 
‘चुनावको मिति घोषणासँगै सारमा राष्ट्रिय मुक्ति युद्ध र रुपमा गृहयुद्ध सुरु हुने निश्चित छ,’ उनले 
 
गुरुङले गोलमेच सम्मेलन गरेर मात्रै सबैको सहमतिमा चुनाव घोषणा हुनुपर्ने अडान दोहोर्‍याउदै उनले उनीहरुले घोषणा गरेको चुनाव सेना परिचालन गरेर सम्भव होला तर सेना परिचालनले चुनाव गर्नु युद्ध निम्त्याउनुबाहेक केही होइन भनेका छन्। 
 
आफूहरुसँग गत चैतको २५ वुँदे राष्ट्रघाती कदमपछि एमाओवादीसँग कुनै वार्ता र छलफल नभएको बताउँदै एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा–माओवादीसँग चुनावमा एकता हुन्छ भनेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए। 

आहा रारा गोल्डकपमा आयोजक सहारा क्लब र आर्मीवीच प्रतिस्पर्धा हुँदै

7:33 PM
•

पोखरा, माघ १८ – पोखरामा चलिरहेको आहा रारा गोल्डकप फूटवलको दोश्रो सेमिफाइनलमा बिहीबार आयोजक सहारा क्लब र आर्मीवीच प्रतिस्पर्धा हुँदै छ ।

खेल दिउँसो २ वजेपछि पोखरा रंगशालामा हुनेछ । सहारा मनाङ मर्स्याङ्दीलाई र आर्मी नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको हो ।

बिहीबारको खेलको विजेताले उपाधिका लागि पर्सि शनिबार हुने फाइनल खेलमा थ्रीस्टारको सामना गर्नेछ ।

एसएलसी प्रमाणपत्र इन्टरनेटमा २०५७ सालदेखिको

8:59 AM
•
नक्कली एसएलसी प्रमाणपत्र बनाएर झुक्याउन खोज्नेहरुको दिन अब गए। परीक्षा नियन्त्रण कार्यालयले २०५७ देखि २०६८ सालसम्मका करिब २७ लाख विद्यार्थीका प्रमाणपत्र अनलाइनबाट भेरिफाइ गर्न सकिने बनाएको छ। http://verify.soce.gov.np/index.php मा गएर जन्ममिति, सिम्बोल नम्बर र पास गरेको वर्ष राखेपछि प्रमाणपत्र हेर्न सकिन्छ। यसले १२ वर्षको अवधिमा पास भएका विद्यार्थीहरुको प्रमाणपत्र प्रमाणिकरण गर्न परीक्षा नियन्त्र
ण कार्यालय पठाइरहनुपर्ने झण्झट हटेको छ। २०५७ सालअघि एसएलसी पास गरेकाहरुको प्रमाणपत्रको इलेक्ट्रोनिक कपी उपलब्ध नभएकोले त्यसलाई भने अनलाइनमा राख्न सकिएको छैन।
 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes