अब मोबाइलले खोल्नेछ ढोका

ढोकाको चाँबी हराउने वा भुल्ने समस्याबाट पीडित हुनुहुन्छ ? 
चाँबी हराएर तथा ढोकैभित्र थुनिएका कारण कति पटक ढोका फोड्नुपर्ने वा ताल्चा काट्नुपर्ने अवस्था पनि आएको छ होला । तर अब चिन्ता नलिनुहोस् । तपाइँको भुलक्कड तथा हराउने बानीको समाधान निस्किइसकेको छ । मात्र अब तपाइँको साथमा एउटा स्मार्टफोन भए पुग्नेछ ।
हो, अब स्मार्टफोनले ढोका खोल्नेछ । अमेरिकाको एक कम्पनीले स्मार्टफोनको मद्दतले ढोका खोल्ने ‘डिजिटल ताला’ प्रविधिको विकाश गरेको हो ।
यस अनुसार घरको ढोकामा पनि डिजिटल लक लगाउनुपर्नेछ । उक्त डिजिटल लकको कन्ट्रोल एकाइ पनि घरभित्रै जडान गर्नुपर्नेछ । डिजिटल लक लगाउने बित्तिकै स्मार्टफोनमा उक्त एप डाउनलोड गरेसँगै त्यसले काम गर्न सुरु गर्नेछ ।
जब तपाइँले ढोकाको अगाडि गएर आफ्नो स्मार्टफोनको बटन दबाउनुहुन्छ र सोही अनुसारको पार्सवर्ड पनि हान्नुहुनेछ तब तपाइँको घरभित्र जोडिएको कन्ट्रोल युनिटमा सन्देस प्रशारण हुनेछ सन्देश प्रमाणिकरण पछि ढोका स्वचालित रुपमा चल्नेछ ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes