समयले ग्ल्यामर मागेपछि

सैनिक अनुशासनको पेशा हो । यदि कसैले अनुशासनको घेरा नाघ्छ भने उसलाई जंगी नियम लाग्छ । तर यस्तो कडा जंगी नियमको बेवास्ता गर्दै महिला सैनिकहरुले अर्धनग्न भएर बन्दुक तेर्साउँदै पोज दिन पछि परेनन् । अर्धनग्न भएर बन्दुक सहित तस्वीर खिचाउने महिला सैनिक नेपालका भने होइनन् । 

हालै इजरायलका केही महिला सैनिकले अर्धनग्न भएर निकै उत्तेजक तस्वीर खिचाई फेसबुकमा पोष्ट गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।

फेसबुकमा राखिएका मध्ये एक तस्वीरमा ती महिला सैनिकहरुले केवल सैनिक हेलमेट लगाएको र आफ्ना वक्षस्थल एक झोलाले छोपेको देखिन्छ । अर्को तस्वीरमा उनीहरु पछाडिपट्ट िफर्केर टपलेस भएका छन् र नितम्बमा बन्दुक झुण्डाएका छन् । 

सैनिकहरुले ब्यारेकको एक कोठाभित्रै रमाइलो गर्ने क्रममा यस्तो मात्तिएर तस्वीर खिचाएको हुनसक्ने अनुमान गरिएको छ । इजरायली समाचार साइट वालाका अनुसार ती महिलाहरु नवप्रवेशी महिला सैनिक हुन् । इजरायली सेनाले महिला जवानहरुको यस्तो गतिविधि असभ्य व्यवहार भएको बताउँदै उनीहरुलाई अनुशासनको कारवाही गरिएको बताइएको छ । 

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes