म त काली सुन्दरी भनेर आफ्नो छालाको रंग र सौन्दर्यको आफ्नै चर्चा गरेर चर्चामा आएकी कलिउडकी काली ऋचा घिमिरे,नेपालकी अमिषा पटेल भनेर आफूलाई चिनाउन चाहने अरुणिमा लम्साल र सेकेण्ड हेन्ड पति निखिल उप्रेतीकी सेकेण्ड हेन्ड नै पत्नी बनेकी संचिता लुइटेल यतिखेर लगभग बेपत्ता अवस्थामै छन् ।
कुनै समयमा नेपाली चलचित्र वृत्तमा चकचकी लाइमलाइटमा रहेका यी नायिकाहरु बेखबर बनेको लगभग दुई तीन वर्ष नै वितिसकेको छ । अहिले उनीहरु कहाँ छन् र के गर्दै छन्,बेखबर छ । यी तिनै जना नायिकाहरु आमा बनेर अहिले घर गृहस्थीमै व्यस्त छन् ।ऋचा र अरुणिमा दुवै आ–आफ्ना छोरी स्याहारेर हुर्काउने ध्याउन्नमा छन् भने मात्र एक– एक वर्षको अन्तरमा पाएका दुई वटा छोराछोरीको लालनपालनले आमा संचितालाई व्यस्त नबनाउने कुरै भएन । वेला बेलामा टेलिभिजन र पत्रपत्रिकामा संगीनी तीन महिने सुईको विज्ञापनमा देखा पर्दै आएकी संचिताको अहिले त्यो विज्ञापन पनि रोकिएको छ । परिवार नियोजनको साधन संगीनीकी मोडल संचिता आफैले एकै वर्षको अन्तरमा अर्को बच्चा जन्माइदिएपछि विज्ञापनकै धज्जी उडाएको भन्दै उनी अभिनित विज्ञापनमै रोक लगाइएको हो ।
यसबीचमा अहिले थुप्रै नव नायिकाहरु जन्मिसकेका छन् । त्यसले पनि यी नायिकाहरुको अभावको आभाषसम्म हुन पाएको छ । त्यसैले अब यी नायिकाहरुको पुनरागमनको सम्भावना पनि कमजोर बन्दै गएको छ ।
Post a Comment