'सौम्य'गायिका :आभा मुकारुङ

गायिका आभा मुकारुङ आधुनिक गीति एल्बम 'सौम्य' लिएरश्रोता माझ आएकी छन्। केही वर्षअघि 'आभा'मार्फत दर्शक / श्रोतामाझ आएकी आभाले हालै नयाँ एल्बम बजारमा ल्याएकी हुन्। 
उनले नयाँ एल्बममा अग्रज देखि नयाँ गीतकार तथा संगीतकारका १४ वटा सिर्जनालाई समेटेकी छन्। 'आभा'मा संग्रहित 'कता हिँडेको कसलाई खोजेको' बोलको गीतबाट चर्चा कमाएपछि कन्सर्टहरुमा व्यस्त देखिएकी उनले 'सौम्य'लाई आफूले कलेक्सन एल्बमका रुपमा बजारमा ल्याएको उनले सुनाइन्। 
सृष्टि इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त एल्बममा भूपाल राई, श्रवण मुकारुङ, मञ्जुल, आरजु विष्ट सल्यानी, ईश्वर चाम्लिङ, जितेन्द्र चेम्जोङ, करुणा राई, राम बस्नेत, किशोर थापा, शिमुरा, पवित्र बान्तवा र गोमा चुँडाल 'भूगोल'का शब्दहरुमा गणेश रसिक, राजु सिंह, पविधन खालिङ, डक्टर किरात, हेमन्त चेम्जोङ, पदम थापा मगर, श्रृजन नेपाल र शान्तमान राईले संगीत भरेका छन्। कवि तथा गीतकारद्वय भूपाल राई र श्रवण मुकारुङले आफ्ना शब्दहरुमा आफैं संगीत भरेका छन्।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes