प्रजनन क्षमता बढाउन रातो पहिरन

रातो र गुलाफी रंगका लुगा बढीजसो लगाउने महिलाको फर्टिलिटी अर्थात् प्रजनन क्षमता बढी हुन्छ । विवाहित महिलाले रातै पहिरन लगाउनुको कारण यही हुन सक्छ ।


‘साइकलोजिकल साइन्स’ जर्नलमा प्रकाशित अध्ययन अनुसार, यस किसिमको अध्ययन पहिलोचोटि भएको हो । यसअघि रंग र फर्टिलिटीसँग जोडिएका अनुसन्धानहरू पशुमा गरिएका थिए । उक्त अनुसन्धानअन्तर्गत १८ वर्षदेखि ४७ वर्षसम्मका १ सय २४ महिलाको अध्ययन गरियो । उनीहरूसँग तिनको महिनाबारीको चक्र र पहिरनको रंगको जानकारी लिइयो । उनीहरू ‘उर्वर/फर्टाइल’ भएको दिनमा कुन रंगको लुगा बढी लगाउँछन् भन्ने पनि सोधियो ।

अध्ययनमा पाइएअनुसार, जुन महिला रातो वा गुलाफी रंगको लुगा बढी लगाउँछन्, उनीहरूको प्रजनन क्षमता अन्यको दाँजोमा तीन गुणा बढी रहेको पाइयो । उक्त अनुसन्धानका आधारमा बि्रटिस कोलम्बिया युनिभर्सिटीले कामेच्छाको संकेत दिन कुन रंगको लुगा रोज्ने गरिएको छ भनेर महिलाहरूबीच सर्वेक्षण गरेको थियो । धेरैजसोले त्यस्ता बेला रातो रंगकै पहिरन लगाउने गरेको बताएका थिए ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes