नायिकाबाट नायक बलात्कृत,आखिर जमाना जो छ कलिको !

 नायक मुकेश ढकाल बेन्चमा सुतिरहेका थिए । एउटी चिटिक्क परेकी सुन्दरी आइन् । मुकेशले सोचे त्यो सुन्दरी अपरिचित पुरुषलाई देखेर र्'नर्भस' होलिन्, तर भइदियो उल्टो । ती युवतीको दुर्व्यवाहारले मुकेश त्रसित भए । उल्टै युवतीबाट आफू बलात्कृत भएपछि लाज र डरले उनको सातोपुत्लो उडेको थियो ।


चलचित्र 'पर्खिराख है' को सुटिङको प्रसंग हो यो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको एउटा कक्षामा सो चलचित्रको छायांकन हुँदै थियो । छायांकनस्थलमा नायक मुकेश ढकाल, सहयोगी कलाकार कविता थापा, अर्का नवनायक दिलकुमार श्रेष्ठ थिए ।

कविताबाट नायक मुकेश बलात्कृत हुनुपर्ने दृश्यको छायांकन थियो । त्यसैले कक्षामा मुकेश र कवितालाई राखियो । नारीद्वारा पुरुष बलात्कृत हुने दृश्यको छायांकन हेर्नको उत्सुक नहोला र ? त्यसैले सुटिङका लागि पुगेका, तर काम नपाएका कलाकार, प्राविधिक त त्यो कक्षामा उपस्थित हुने नै भए । साथमा सो क्याम्पसका केही विद्यार्थीसमेत छायांकन हर्न कक्षामा कोच्चिएर बसेका थिए ।

यस्तो भीडमा म रेपको सिन गर्दिनँ, सबैलाई बाहिर पठाउनुुपर्छ ।' निर्देशक बाबुराम ढकालसँग कविताले अनुरोध गरेपछि केहीलाई बाहिर पठाउन सफल भए निर्देशक । कलाकारको रूपमा कविता र मुकेश मात्रै थिए त्यो कोठामा, साथमा निर्देशक बाबुराम । मुकेशलाई कविताले जबरजस्ती रेप गर्नुपर्ने दृश्य थियो । त्यो दृश्य गर्न कवितालाइ गाह्रो पर्ने अनुमान सबैको थियो । निर्देशकले सो भूमिकाको एकपटक पूर्ूवअभ्यास गराउन कवितालाई उनले कसरी जबरजस्ती अनुचित कार्य गर्ने भन्नेबारे प्रकाश पारे । कविताले सक्छु भनेपछि बाबुरामले अभ्यासस्वरूप 'एक्सन' भने । यसपछि त कविताले मुकेशलाई बेन्चबाट नजिकैको भित्तामा च्यापेर यत्रतत्र चुम्दै उनको कपडाको टाँक खोलेर सिमा नाघ्न थालिन् ।

यतिबेला भने निर्देशक बाबुरामले आत्तिँदै 'कट' भने । 'रियल्सल र्सट' मै आफूले सोचेभन्दा राम्रो अभिनय गरेकोमा स्यावासी दिँदै उनले कवितालाई त्यस्तै दृश्य अबको 'टेक'मा दिनुपर्नेबारे सम्झाए ।

निर्देशकको 'एक्सन' सँगै भोकाएको बाघले सिकारमा झम्टेझैं मुकेशमाथि कविता आइलागिन् । दुुइ मिनटभन्दा लामो सो झम्टाझम्टीमा कविताले वास्तबिक 'रेप' झैं उत्तेजनासहितको व्यवहार प्रस्तुत गरेर मुकेशलाई शिथिल बनाइदिइन् ।

'हेत्तेरिका ! कस्तो सारो थिचेको, सासै फेर्न गाह्रो,' भन्दै मुकेशले आफ्नो मुखमा लागेको लिपिस्टिकको डाम पुछ्न कपडाको टाँक लगाउन थाल्दा कवितासहित हलमा भएका सबैजना मजाले हाँसे । आफ्नो कामको सबैबाट प्रशंसा पाएकोमा कविता दंग परिन् ।

यसपछिको दृश्यमा आफूले लगाएको कपडा च्यात्दै मुकेशले आफूलाई अनुचित कार्य गर्न खोजेको भन्दै कविता चिच्याउन थालिन् । अर्को दृश्यमा कविताका साहपाठीको भूमिकामा रहेका नवनायक दिलकुमार श्रेष्ठ, प्राध्यापक बनेका विनोद भट्टराई र केही विद्यार्थीहरू सो कक्षामा प्रवेश गरे ।

सोही क्रममा कवितालाई जबरजस्ती अनुचित व्यवहार गरेको आरोपमा मुकेशमाथि दिलले मुक्का बजाउन थाले । मुकेश भने भन्दै थिए, 'मैले होइन, उसले मलाई जबरजस्ती गरेको ।' त्यहाँ मुकेशको चित्कार कसले सुनोस् र † उनको भनाइ पत्याउनुको सट्टा दिल र अरू विद्यार्थीले हाँसोमा उडाए ।

युवतीबाट आफ्नो अस्तित्व लुटिएको छायांकन सकिएपछिको अनुभव बताउँदै मुकेशले भने, 'कविताको साटो म पो नर्भस भएँ । केटीबाट आफू बलात्कृत हुँदा साँच्चै अनौठो र हिनताबोधको अनुभूति हुँदो रहेछ ।'

यता कविताले भने सो दृश्यको छायांकन गर्दा सुरुमा केही असहज भए पनि पछि अप्ठेरो नलागेको बताइन् ।

आखिर जमाना जो छ कलिको,कि कसो कविता ?

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes