दी ड्रव्याक अफ नेपाली सिनेमा खोजिदै

नेपाली सिनेमाको इतिहास लगभग ५० वर्ष पुग्न लाग्दैछ । तर अझै पनि नेपाली सिनेमामा प्राविधिक र मेकिङको हिसाबले कुनै सुधार आउन सकेको छैन । सुरूका दिनमा ३५ MM मा खिचिने नेपाली सिनेमा ५० को दशकमा आएर फेरि १६ MM मा झर्यो । हुन त पछिल्लो समयमा प्रविधिमा आएको परिवर्तन स्वरुप डिजिटल प्रविधि पनि भित्रिसकेको छ नेपाली सिनेमामा । तर,यसबाट पनि नेपाली सिनेमाले खासै लाभ उठाउन सकेको छैन । अझै पनि नेपाली सिनेमाले पूरानै ढर्रा र फर्मुलालाई त्याग्न सकेको छैन ।

यसको पछाडिका कारणहरू खोताल्दै जाने हो भने थुप्रै चोर औलाहरू एक अर्का तर्फ फर्किएको देख्न सकिन्छ । दर्शक र समीक्षकहरू निर्माता निर्देशकतर्फ चोर औला देखाउन कहिल्यै पछि परेनन् भने निर्माता निर्देशकहरू चाहि बजारको सीमितता र दर्शकको माग भनेर कहिल्यै थाकेनन् । फलस्वरुप नेपाली सिनेमाको समस्या र अवस्था ज्यूँको त्यूँ नै रह्यो ।

यसैकुरालाई मध्यनजर राख्दै नेपाली सिनेमाका गतिरोधहरु केलाउदै एउटा वृत्तचित्रको निर्माण हुने भएको छ, दी ड्रव्याक अफ नेपाली सिनेमा । दी विकल्प प्रोडक्शनको व्यानरमा मुनालशिशिरको निर्देशन र खोजमा बन्न लागेको उक्त वृत्तचित्रलाई रंग पत्रकार आरडी श्रृँखलाले प्रस्तुत गर्नेछन् ।



शुक्रवार यसै वृत्तचित्रको घोषणा कार्यक्रममा उपस्थित पत्रकार,सिनेकर्मी लगायत चलचित्र विकास वोर्डका अध्यक्ष अमर गिरीले पनि नेपाली सिनेमाका समस्या ,चुनौती र गतिरोधका बारे लामै दर्शन छाँटे । तर कसरी सिनेमालाई राम्रो बनाउने र सही गति दिने भन्नेबारे चाहिं उहाँहरु मौन रहनुभयो ।

हुन पनि हो नि, यदि यी कुराहरु थाहा पाएको भए उहिल्यै नेपाली सिनेमाको कायापलट भैसक्थ्यो नि, कि कसो हो ?

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes