शंकरको तालुमा आलु

भनिन्छ भाग्यमा भए तालुमा पनि आलु फल्छ रे । हाम्रा कलिउडका कलिला डाइरेक्टर साब शंकर घिमिरेको पनि तालुमा आलु फलेको छ । यसर्थमा उनि त भाग्यमानी पो ठहरिए त ! कसरी ? लौ सुन्नुस् है !




पहिलो चलचित्र बिष निर्देशन गरेर चर्चामा आएका निर्देशक घिमिरेले निर्देशन तथा निर्माण गरेको दोस्रो चलचित्र 'बिरताको चिनो' जसमा बिराज भट्ट, ऋचा घिमिरे, सुमन सिंह, रञ्जना शर्मा, रेजिना उप्रेती, कल्याण घिमिरे, धुर्व दत्त, सुसिल पोखरेल, सोभिता सिंखडा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

आगामी डिसेम्बरमा लण्डनमा यही चलचित्र 'बिरताको चिनो' को प्रिमियर शो गर्ने तय भैसके पछि हाल निकै तिब्र गतिमा काम भईरहेको छ । र, नायिका ऋचा घिमिरेसँग छिट्टै बिबाह बन्धनमा बाँधिन लागेका निर्देशक शंकरको चलचित्र 'बिरताको चिनो' को प्रिमियरका लागी नायिका ऋचा र निर्देशक शंकर लण्डन जाने छन् र संयोगले उनिहरूको हनिमुन पनि लण्डनमा नै हुनेछ । त्यसो त लण्डनमा हनिमुन मनाउने उनीहरुको कुनै योजना थिएन तर संयोगले यस्तै पर्न गएको छ ।



यसै गरी शंकरले पहिलो पटक निर्माण तथा निर्देशन गरेको चलचित्र 'बिष' पनि यहि महिनमा राजधानीमा रिलिज हुँदै छ भने उनको बिबाह मंसिरमा हुँदै छ । एकै बर्षमा २ वटा चलचित्रको प्रदर्शनी हुनु र आफ्नी प्यारी नायिका ऋचासँग बिबाह पनि यही वर्ष हुने भएपछि अनि यो बर्ष शंकरको तालुमा आलु फलेन त ? लौ बधाइ छ है शंकरजी !

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes