नायिका हुनु त तेजुला जस्ती

. द मोस्ट वान्टेडको टाइटल रोलबाट चलचित्रमा ब्रेक पाएकी नवनायिका तेजुला खतिवडा अब करिअर जम्नेमा विश्वस्त छिन् । पहिलो चलचित्र नचल्दै जस्ट फर यू नामक अर्का चलचित्रमा अनुबन्ध भइसकेकी उनले म्युजिक भिडियो र भिडियो फिल्म हुँदै आफ्नो अभिनय-यात्रा ठूलो पर्दामा पुर्‍याएकी छिन् । तेजुला व्यावसायिक नायिका बन्न चाहन्छिन् जो सबै भूमिकाका लागि तयार होस् ।


तेजुलालाई फिल्ममा आउनुअघि केही कन्फ्युजन थियो, धेरैथरी हल्ला चल्छ, निर्माता-निर्देशकले अनेक सर्त राख्छन् रे। अनि नवनायिकाहरूको यौनशोषणबारे पहिल्यै सुनेकी तेजुलाले निकै सोचविचार गरेर मात्र यस क्षेत्रमा हामफालेको बताइन् । हल्ला त जुन क्षेत्रमा पनि चल्छ, काम नगरी बस्नु त भएन नि ?’ उनले यस्तै सोचिन् ।

भिडियो फिल्म जवाफ र दुश्मन दुनियाँमा नायिकाको भूमिका निभाएकी तेजुला अंगप्रदर्शनबारे 'बोल्ड’ धारणा राख्छिन् । उनलाई चलेका नायिकाले जति अंगप्रदर्शन गर्न आपत्ति छैन रे। एउटी नायिकाले कथाले मागेजति उदार हुनुपर्ने उनको राय छ । नांगिनु अंगप्रदर्शन होइन, म पनि अरूजस्तै एउटी नायिका हुँ, कथाले मागेजति त दिनैपर्‍यो,’ तेजुलाले भनिन्, कलाकारले कथाअनुसार त चल्नैपर्‍यो नि !’ उनको नजरमा व्यावसायिक चलचित्रका निम्ति अंगप्रदर्शन सामान्य हो । गुड थिंक्ड तेजुला ! तर,तेजुला जस्ती कथाप्रति वफादार नायिका पाएपछि अब कथा लेखकहरूले के के मगाउने हुन् र तेजुलाले पनि कथाले मागेका के के दिने हुन्,त्यो चाहि हेर्नै बांकी छ । अल दी वेष्ट तेजुला ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes