केही टेलिचलचित्रको निर्देशन गरी मर्यादा र मौसम नामका दुईटा चलचित्रहरुको निर्देशन गरिसकेका निर्देशक हुन् श्याम भट्टराई । अनि ती सबै चलचित्रहरूकी नायिका हुन् रन्जना शर्मा । श्यामको पहिलो टेलि चलचित्र गहनामा छोटो भूमिकामा देखिएकी रन्जना दोस्रो टेलि चलचित्र जानकीमा आइपुग्दा शीर्ष भूमिकामा देखिन सफल भईन् । त्यसो त रन्जनाको भूमिकामा मात्र त्यसरी प्रोमोसन भएको थिएन, उनीहरूवीच गहनामा बसेको पिरति जानकीसम्म आइपुग्दा निकै झ्यांगिईसकेको थियो । फलस्वरुप दुवैले आफ्नो सहमतिमा त्यो पिरतिलाई विवाहमा परिणत गरी सार्थकता प्रदान गरे ।
तत्पश्चत यी मालती मंगलेको जोडी साथमा साथ हातमा हात मिलाएर कलिउडको बजारमा हिडिरहे । यसवीच रन्जनाको मनमा चलचित्रकी नायिका बन्ने रहर कता कता पलायो र आफ्नी प्यारी जीवनसंगीको त्यो रहरलाई मनमै रहन हाम्रा मंगले उर्फ श्यामले कहाँ दिन्थे र ? त्यसैले उनले तुरून्तै फिल्म बनाईहाले,त्यही पनि सरासर दुईवटा । फिल्म चल्यो चलेन त्यो अर्कै कुरा थियो तर रन्जना नायिका भईन् । त्यसपश्चात पनि यी जोडी कलिउडमा हरपल सँगसँगै देखि नै रहे ।
तर् शायद कसैको कालो नजर लागेर होला यो जोडीमा पनि एकाएक दरार देखिन थाल्यो । प्यारी रन्जनाको मनमा सुपरस्टार हूँ भन्ने भूत कताबाट पस्यो पस्यो । विचरो श्यामे के नै गर्न सक्थे र ? सही रहे सही रहे । सहनुको विकल्प पनि त थिएन । तर एकदिन कलिउडका गोपिनीहरूका प्रिय किसन अर्थात भुवन केसीको मोहमा आफ्नी प्यारी पनि फसेको थाहा पाएर हाम्रा श्याम बाजेको मनमा चीसो त पसेकै थियो तर शंकाले लंका डढाउँछ भन्ने कुराको राम्रै हेक्का भएका श्यामले अझै सहीदिए । एकदिन त आफ्नी प्यारीको मन आफैतिर फर्किआउने आशामा । हुन त उनलाई रन्जनाको चरित्रको बारेमा कलिउडका नारदहरुले १२,२७ कुरा नसुनाएका पनि होइनन् । तै पनि उनले सही रहे सही रहे ।
तर,एकदिन खै कसको दुर्भाग्यले हो श्यामले आफ्नी प्यारी रन्जनालाई उही भुवन किसनको अंगालोमा भेटेछन् । अब आफ्नै आंखाले देखे पछि नपत्याउनु कसरी ? होईन भनेर ढांड्नु पनि कसरी ? देख्नेले हुतिहारा भन्लान् भन्ने डर पनि ! त्यसैले मुटु माथि ढूंगा राखेर हाम्रा भट्टराई बाजेले आफ्नी प्राणप्यारीसँगको सम्बन्धलाई विच्छेद गरिदिए ।
दिनहरू बित्दै गए,तर आफ्नी प्यारीको यादलाई उनले भुल्न सकेनन् । उता रन्जनाको हालत नि उस्तै । पहिला पो दूईटा फिल्मको हिरोईन बनेको मात थियो । तर समयसँगै त्यो मात पनि हराउन थाल्यो । अब त्यो उन्मादमा गरेको भूलको प्रयाश्चित गर्न चाहन्थिन् उनि । त्यो कुरा हाम्रा श्याम बाजेले थाहा पाईहाले । अनि के चाहिन्थ्यो र ? दुवै जना फेरि लगन जुराएर भित्रन र भित्र्याउन रेडी भएका छन् भन्ने हल्लाले यतिखेर कलिउड बजार निकै तातेको छ । आखिर रेडी हे तो काजी क्या करेगा पाजी ?? एनिवोए,बधाइ छ श्यामरञ्जना दुवैलाई । साँचो प्रीति केही गरी छुट्दो रहेनछ । you have proven it. अब यो पाठ सञ्चिता,सौजन्य,गौरी र झरनाले पनि राम्ररी घोक्ने पो हो कि ? कसो ?
Home Unlabelled मिया विवी राजी तो क्या करेगा पाजी ?
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment