नम्रतालाई प्रचण्डले चोख्याउने !

सेक्स भिडियो स्क्याण्डलपछि जनसम्पर्कमा नरहेकी नायिका नम्रता श्रेष्ठलाई औपचारिक रुपमा सार्वजनिक गराउने काम कसले र कहिले गर्ला ?

अहिले धेरैले यस्तै प्रश्न गरिरहेका छन्। विवादास्पद नायिकालाई बजारमा ल्याउने काम निर्देशक दीपक श्रेष्ठले गर्दैछन् भन्ने जानकरी त हामीले यसै कार्यक्रम मार्फत् केही समय अगाडि नै दिइसकेका छौं । दुर्व्यसनी सम्बन्धि चलचित्रको निर्देशनको जिम्मा पाएका दीपक श्रेष्ठले नायिका श्रेष्ठलाई अनुबन्धन गराएर चलचित्र पनि ठूलै नेताको हातबाट शुभ-मुहूर्त गराउदैछन्। केही समयदेखि माओवादी बनेका दीपकले त्यस चलचित्रको शुभ-मुहूर्तमा कसलाई अतिथि बनाउलान् ? लाग्न सक्छ, माओवादीको सांस्कृतिक फाँटका कुनै एक नेतालाई अतिथि बनाएर नरिवल फोड्न लगाउने छन्। तर, होइन, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई शुभ-मुहूर्तमा नरिवल फुटाउन लगाउने छन्। हो, यस्तै खुलासा स्वयं नायिका नम्रता श्रेष्ठले एक सार्वजनिक कार्यक्रममार्फत् गरेकी हुन्। एक टेलिभिजन चलचित्र सम्बन्धी कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा नम्रताले उक्त कुरा बताएकी हुन्। अन्तर्वार्ताका क्रममा श्रेष्ठले दुर्व्यसनी सम्बन्धि चलचित्रको शुभ-मुहूर्त प्रचण्डको हातबाट गर्ने निर्णय भएको छ, भन्ने खुलासा गरेकी छिन्। नेपाली चलचित्र क्षेत्रमा विवादास्पद नायिकालाई पुनस्थापित गराउने काममा लामो समयदेखि क्रियाशील दीपकले पछिल्लो पटक नम्रतालार्ई साथ दिने भएका छन्। २०१० जनवरी देखि सुटिङ प्रारम्भ हुने सो चलचित्रको अहिले अनुसन्धान भइरहेको कुरा पनि उनले बताएकी छिन्। नम्रताले आफू विषयवस्तुको अध्ययन, अनुसन्धानको क्रममा रहेको पनि भनेकी छिन्।
हेरौं,अब कमरेड प्रचण्डजीको लाल सलामीले गुप्तवासमा बसिरहेकी हाम्री नम्रताजीको जीवनमा कस्तो रंग लगाइदिने हो । तर अहिले त हामी केवल यति मात्र भन्न सक्छौं,अल दी वेष्ट नम्रता ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes