प्रचण्डको सुन्दरी फ्यान १

'छोरीले काम गर्नु पर्दैन रे ! ' सिन्धुपाल्चोक सोह्र किलो पुर्खौली घर भएकी कुन्छङ्ग मोक्तान आफ्नो ड्याडको कमेन्टलाई सम्भि्कन्छिन्। कुन्छङ्गको जीवनका निर्णयहरुमा ड्याडको ठूलो हात र हस्तक्षेप छ। त्यो नभए हवाइ परीका रुपमा स्थापित भै सक्ने थिइन् होला उनी। सिनेमाको हिरोइन वन्ने अभिलाषा पनि नभएको होइन। त्यसमा पनि ड्याडीले हरियो झण्डा देखाउनु भएन।






ड्याडले जतिखेर पनि पढ् मात्रै नभनेको भए उनी अहिलेसम्म दिग्गज मोडल भै सक्ने थिइन्। २००९ मा मिस नेपाल सेकण्ड रनर अप भएर पनि करिअरतिर भन्दा आफ्नो साइकोलोजी र सोसियोलोजीका कोर्सतिर बढी केन्द्रीत भइन्। सिन्धु मल्लको झल्झली आँखामा गीतको रिमिक्सबाट पन्धै्रवर्षको उमेरमा मोडलिङ शुरु गरेकी कुन्छङ्ग अहिले तरुनी भइसकेकी छिन्।



तीन वर्षअघि मिस टिन प्रतियोगितामा कुनै पनि उपाधि हासिल नभएको झोंकले मिस नेपालमा भाग लिएकी कुन्छ अलि छिटो बोल्छिन्। 'मोडलिङ्ग त मेरो रहर मात्रै हो !' कुन्छङ्ग रहस्य खोल्छिन्, म त मनोविज्ञानको पेशामा जाने हो।



फेसनको मामलामा नेपाली युवाहरुको रेटिङ फाइभ अपन फाइभ दिन्छिन् उनी। आज भोलिका युवाहरु धेरै फेसन कन्सस भइसकेका छन् ! पोखरेलीहरुको फेसन च्वाइस देख्दा त आफु अझै पछाडि भएको अनुभूत गर्छिन् कुन्छङ्ग। 'फेसन इज विइङ कम्फर्टेबल एण्ड इट रिप्रिजेन्ट्स दि पर्सन' – त्यसैले उनी नयाँ नयाँ लुगा खोज्न मार्केटिङ्गमा रमाउँछिन्। फरासिली र चञ्चल स्वभावकी कुन्छङ्ग देश छाड्न चाहन्नन्। 'म त मोज गरेर बस्ने मान्छे हो कता दुःख गर्न विदेश जानू'



खुलेर हाँस्दै वोल्छिन् कुन्छङ्ग। फेसन र मोडलिङ्गको विषयमा जथाभावी प्रतिक्रिया दिनेहरुसँग रुष्ट छिन् उनी। मोडलिङ्गमा लागेकाहरु सबैलाई एकै नजरले हेर्नुहुँदैन 'अल आर नट दि सेम'। मोडलिङ्ग गर्नेहरु सबैले एक्स्पोज गर्छन् र गर्नु पर्छ भन्ने मान्यतामा विश्वास छैन उनलाई।

सेक्सको विषयमा खुलेर कुरा गर्न अझै पनि हाम्रो समाज तयार छैन। फनक्क हात घुमाउंदै भन्छिन् कुन्छंग – 'यो मामिलामा हाम्रो सोसाइटी कन्जरभेटिभ छ। यसलाई फनक्क फर्काउनु पर्छ।'



चञ्चले स्वभावकी कुन्छङ्गका जवाफहरु पनि चञ्चल हुने – 'लाइफ इज अ रोलर कोस्टर' हाँसो सहितको उनको जवाफमा भने हामीले गम्भिरता पायौं। 'म तामाङ हुँ मेरा आँखा भने तामाङका लागि अलि ठूलो छ'– सबै यसै भन्छन् रे कुन्छङ्गका बारेमा। पाँच फिट छ इन्च अग्ली कुन्छङ्ग होचोसँगको संगतले आफू तल पर्नु पर्दैन भन्छिन्। ह्याङ्गआउटस् र नाइट लाइफको निकै मजा लिने गरेकी छिन् उनले। धेरै जसो आङ्खनै दिदी बहिनीसित रमाउने कुन्छङ्गका साथीहरु धेरै छैनन्। कुन्छङ्गका झलझली आखाँमा दुई वर्ष अघि नै बिर्सन नसक्ने माया प्रीति बसिसकेकोले उसैसित धेरै घुमघाममा रमाउँछिन्। जिन्स खासै मन नपराउने कुन्छङ्ग मिनी र माइक्रो टाइप लुगाकी सौखिन छिन्। दैनिक राशिफल हेर्ने बानी छ उनको। मूड पनि राशिफलले नै बनाउँछ, 'आइ एम नट अ लिटरेचर टाइप पर्सन, आइ लभ रिडिङ्ग म्यागेजिन लाइक कस्मोपोलिटन' – अलि मस्किँदै साहित्य तर्फ खासै रुची नभएको बताइन् उनले।



नेपाली राजनीतिलाई उनी बम्पी पोलिटिक्स भन्छिन्। कहिल्यै सलल्ल नबग्ने। नेपलिज पोलिटिसियन नि ! करेन्ट लिडर चाहीं प्रचण्ड मनपर्छ कुन्छङ्गलाई। प्रचण्डलाई टिभीमा देख्दा हरेक कुरालाई फोकस गरेर प्रिजेन्ट गर्ने उनको बानी साह्रै मनपर्छ रे कुन्छङ्गलाई। त्यसैले लाइभ भेट्ने रहर छ प्रचण्डसँग। तर अल टाइम फेबोरेट चाहीं गिरिजाप्रसाद नै हो।'आबो ! बुढो भएर पनि अझै कस्तो स्ट्रङ्ग।'

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes