यतिसम्म त ठीकै थियो,तर चलचित्रकर्मीहरुको प्रोत्सहानका लागि चलचित्र प्राविधिक संघले गरेको कार्यक्रममा स्वयंम चलचित्रकर्मीहरु र चलचित्र पत्रकारहरुको भने उपस्थिति लगभग जिरोको अवस्थामा रह्यो । कहाँसम्म भने अवार्डका लागि मनोनयनमा परेका धेरै कलाकार,जुरीका सदस्य र केही आयोजक सदस्यलाई समेत कार्यक्रममा निम्ता थिएन । निम्ता थियो त केवल उद्योग र वाणिज्य क्षेत्रका व्यक्ति र तिनका परिवारजनलाई ।
चलचित्रको कार्यक्रम भए पनि चलचित्रकर्मी र चलचित्र पत्रकारलाई नबोलाएकोमा कसैको विशेष गुनासो नसुनिए पनि उद्योग र वाणिज्य क्षेत्रका व्यक्ति र तिनका परिवारजनलाई मात्रै ल्याउनु थियो भने चलचित्रको अवार्डको सट्टामा औद्योगिक अवार्ड नै गरेको भए अझ राम्रो हुन्थ्यो नि भन्ने सुझाव चाहिँ धेरैले आयोजकलाई दिएको सुनियो । यसप्रति सम्वन्धित पक्षको वेलैमा ध्यान जाओस्,हाम्रो पनि यही सल्लाह छ ।
Post a Comment