नारायणगढमा शनिबार आयोजना गरेको एक कार्यक्रममा पत्रकारहरूको तीव्र प्रतीक्षाको पात्र बनेका राजेश ढिलो पुगेका थिए । तर 'किसान' चलचित्र छायांकनका लागि चितवन पुगेका यी मुख्य कलाकारले गफ भने निकै लामो गरे । हालै कलिउडको महानायक उपाधि पाएका उनले आफूलाई सामान्य कलाकारका रूपमा चित्रण गरे । 'कलाकारितामा मानो सकिएपछि धेरै अन्त मोडिन्छन्,' उनले भने, 'मेरो क्षेत्र अरू कुनै क्षेत्र छैन, यही हो ।' 'कतिपय सेलिब्रिटी जीवनको नयाँ मोडमा राजनीतितिर पनि लाग्छन्,' उनले प्रष्ट्याए, 'तर म कलाकारै हुन चाहन्छु ।' चलचित्र 'किसान' कै लागि कपाल छोट्याएका उनले नयाँ लुकबारे पनि बोले, 'कपाल आफ्नै खेती हो, जे गरे पनि हुन्छ ।'
केही कलाकार अभिनयपछि चलचित्र निर्माणतिर लागेको सन्दर्भ कोट्याउँदा उनले त्यता 'खासै लक्ष्य' नभएको बताए । 'सोचचाहिँ निर्देशकको हो' उनले भने, 'तर कतैबाट निर्देशनको अफर मिलेको छैन ।' राम्रो निर्देशकले मात्रै सफल चलचित्र बनाउन सक्ने पनि उनले बताए । 'मैले निर्देशन गर्ने फिल्मको नायक पनि म आफैं हुन चाहन्छु,' उनले भने, 'हेरौं, प्रतीक्षामा समय जाने हो कि ।'
उमेरको हदबन्दीका कारण नायकबाट रिटायर्ड हुने भएपछि विकल्प खोजिनु त राम्रै हो । तर,विवाहको रहर चाहिँ अलि छिटो भएन र भन्या राजेश अंकल ??
Post a Comment