फिगर र जिगरवाली पूजना भलिउडमा

उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक' महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ हाम्री कामुक नायिका पूजना प्रधानमा दुरुस्तै लागू हुन्छ । चलचित्रमा साइड डान्सर हुँदा  भविष्यमा चलचित्रकी नायिका हुन्छु भन्ने कुरा उनका लागि टाढाको घाम थियो । यो क्षेत्रमा लागेको एक दशक पनि नहुँदै उनी करियरको खुड्किलो उक्लँदै गइन् ।

र्‍याम्प  मोडलिङ, म्युजिक भिडियो, स्टेज कार्यक्रमबाट बामे सर्दै उनले बिस्तारै चलचित्रमा सहनायिका हुने अवसर पाइन् । त्यसपछि लोकदोहोरीकी सर्वाधिक व्यस्त मोडल भएकी  पूजना चलचित्रमा नायिकाका रुपमा पनि देखा परिरहिन् । रोजेजस्तो भूमिका छान्ने चक्करमा पूजना केही समय ता राजधानीको एउटा आश्रममा थर फेरेर पूजना स्त्री भै  आध्यात्ममा लीन हुन पुगेकी थिइन् । अनायास उनी बलिउड छिरेको खबर सुनियो । पूजना बलिउडका नायक गोविन्दाका भान्जा विनय आनन्दकी नायिका भएर भोजपुरी  चलचित्र 'जवाँ जीगरवाले'मा अभिनय गरिरहेकी छिन् ।

त्यसो त पूजनाको फिगर पनि छ, जिगर  पनि छ । साथमा परिस्थितिसँग सम्झौता गर्नसक्ने क्षमता पनि ।  पुजनाको यो फड्कोले भलिउडमा के हुन्छ थाहा छैन, कलिउडमा  भने भलिउड याने कि भोजपुरी चलचित्र उद्योगको सपना देख्नेहरूचाहिँ ईर्ष्यले मर्ने भए नि हो।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes