फस्ट ह्याण्ड जति अरूणिमालाई सेकेण्ड ह्याण्ड रेखालाई !

प्रसङ्ग एउटा सिनेमा छायाङ्कनको अवसरको हो र, कुरा दुईवटी नायिकाबीचको पनि हो। यी दुवै नायिकाका गडफादर एकै हुन्– चलचित्र निर्देशक नरेश पौड्याल र नायिकाद्वयचाहिँ रेखा थापा र अरुणिमा लम्साल।


चलचित्र हिरोमार्फत नेपाली सिनेमा उद्योगमा प्रवेश गरेकी रेखा र यस्तै रहेछ जिन्दगीमार्फत आएकी अरुणिमा लम्सालबीच आन्तरिक रूपमा खासै सद्भाव छैन। ठाउँ र अवसर पाउनासाथ एकले अर्कालाई उडाइहाल्ने, छेड हानिहाल्ने अनि व्यङ्ग्य कसिहाल्ने गजबको शैली छ यिनीहरूमा। यी दुई नायिकाको यो शैलीका कारण यी दुईको यस्तो दृश्य हेरेर धेरै चलचित्रकर्मीले धेरैपटक धेरै ठाउँमा मनोरञ्जन पनि लिने गरेका छन्। मुखले एकले अर्कालाई जे भने तापनि धन्य आजसम्म यी दुईबीच हात हालाहालको अवस्थाको सिर्जना भने भएको छैन।

केही दिनअगाडि पनि रेखा र अरुणिमाबीच यस्तै छेडछाड भयो र त्यो छेडछाडमा अन्ततः अरुणिमाले नै जितिन् रेखालाई। प्रसङ्ग कुनै एक सिनेमाको समारोहको थियो। सबै चलचित्रकर्मी रमझमका साथ झुमिरहेका थिए र रेखा थापा भने कसले कसलाई लिएर आयो, कोसँग को आयो? कसले कस्तो कपडा लगाएर आयो या कसको गाडी कस्तो थियो भन्ने चियो गर्नमा नै व्यस्त थिइन्। यत्तिकैमा न्यू ब्रान्ड र हेर्दैमा लोभ लाग्ने गाडी चढेर आइन् नायिका अरुणिमा लम्साल। यो देखेपछि प्याच्च बोल्नुपर्ने अर्की नायिका रेखा थापाले अरुणिमालाई भनिहालिन्, 'ओ हो! अरुणिमा गाडी त नयाँ किनिछ्यौ नि। फस्ट ह्याण्ड नै हो कि क्या हो?' रेखाको यो प्रश्न भुइँमा खस्न नपाउँदै अरुणिमाले जवाफ दिइहालिन्, 'रेखाजी यो कुरा ध्यान दिनुस् कि म सेकेन्डह्याण्ड केही पनि प्रयोग गर्दिनँ। न त गाडी न त श्रीमान्।

अरुणिमाको यो जवाफ सुनेपछि रेखा त लाजले चुप लागिन् नै, वरिपरि छरिएर रहेका अन्य सिनेकर्मीहरू पनि रेखाको नाजवाफ अवस्था देखेर हाँस्न थाले।

यत्तिकैमा अर्का सिनेकर्मीले थपिहाले, 'हुन पनि हो, रेखाको त गाडी मात्र होइन श्रीमान् पनि सेकेन्डह्याण्ड तर अरुणिमाको सबै फस्टह्याण्ड। कुरा त ठीकै हो।'

आफूभन्दा दोब्बर उमेरको मात्र नभएर दुई श्रीमतीका श्रीमानसँग विवाह गरेकी रेखाको अनुपातमा अरुणिमाले गतिलै श्रीमान् पाएकी थिइन्। आफू माथि परेको समयमा अरुणिमाले पनि रेखालाई छाडिनन् र बिचरी रेखासँग अरुणिमालाई छेड हान्ने कुनै कुरा नै नभएपछि आफैं साइड लागेकी थिइन्। त्यसैले त भनिन्छ नि रेखाजी बस्न पायो भन्दैमा थ्याच्च नबस्नु र बोल्न पायो भन्दैमा प्याच्च नबोल्नु ! आफ्नै बोली आफैलाई गोली झैं लागेन त ? आईन्दा होशियार ।

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes