धिरज राई गायक भएको बिस बर्षभयो । बिस बर्षघि गायक हुँदा उनी दुब्ला थिए । मोटाएका मान्छे देख्दा आफ्नो ज्यान कहिले त्यस्तो हुने होला भनेर सोच्ने गरेको धिरजले बताए । दुइतीनवटा एल्बम निक्लेपछि उनी मोटाउन थालेछन् । झन विवाहपछि धेरै नै मोटाएका उनलाई आफ्नै लुगाहरु टाइट भएर लाउनै नहुनेसम्म भएछ । पत्नी र साथीहरुले पनि मोटाएको सुहाएन भन्न थालेपछि धिरजलाई हुनसम्मको टेन्सन भएछ । टिनएजमै गायक भएकाले त्यति बेला 'ख्याउटे' देखिने गरेका धिरज बिस बर्षछि फेरी त्यस्तै स्लिम हुँदैछन् ।
सिंगिङ्ग करियरमा एघारवटा सोलो एल्बम मार्केटमा ल्याइसकेका धिरजको बाह्रौ सोलो एल्बम आगामी माघे संक्रान्तिमा रिलिज हुँदैछ । एल्बमको रेकडिङ्ग सकाएर पनि बिस बर्षघिको जस्तो स्लिम नभै एल्बम ननिकाल्ने अठोट गरेर छ महिनामा उनले सात किलो वेट लुज गरेका छन् । अहिले उनी फेरी बिस बर्षघिको धिरज राई जस्तै देखिएका छन् । डान्स, एक्सरसाइज र डाइटिङ्ग गरेर वेट लुज गरेका धिरजले बाह्रौ सोलो एल्बमको टाइटल 'ट्वेन्टी इयर्स' राखेका छन् । बिस बर्षे सिंगिङ्ग एक्सपिरियन्सलाई एल्बममा सुन्न पाइने त छदैंछ, बिशेषगरी लुक्समा पनि बिस बर्ष अघिकै धिरज राई जस्तो देखिने कोशिश उनले गरेका छन् । 'एल्बमको म्युजिक भिडियोमा मेरो हेयर स्टाइल र ड्रेसअप पनि फरक हुनेछ ।' धिरजले आफुलाई फरकशैलीमा ल्याउन लागेको बताउँछन् । एल्बम 'ट्वेन्टी इयर्स'मा हुने आठवटा गीतहरु पनि पहिलेको भन्दा डिफरेन्ट भएको उनको भनाइ छ ।
कहिले किताव लेखक त कहिले वृत्तचित्रका निर्देशक कसरी जसरी हुन्छ मिडियामा छाइरहनु त धिरजजीको पूरानै बानी हो । तर गायनमै लागेको बीस बर्ष पुगेको उदघोष गरेर उनले आफ्नो इमान्दारीता पनि देखाएका छन् । नत्र हम्मेसी कहाँ सवैले आफ्नो उमेर वताउँछन् र ?
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment