नायिका पूजा लामा र डिजे शिशिर स्याङ्दानबीच कसिएको लगनगाँठो १ महिना १५ दिन नबित्दै सम्बन्ध-विच्छेदको बाटोतर्फ अग्रसर भएको छ । गत कात्तिक १५ गते दाम्पत्य जीवनमा जोडिएको यो सम्बन्ध सुमधुर हुन नसकेपछि अन्ततः छुट्टिने मोडमा छ ।
भद्रकाली मन्दिर परसिरमा निकटस्थ व्यक्ति तथा सञ्चारकर्मीहरूलाई साक्षी राखेर सम्पन्न भएको यो जोडीको विवाह १५ मिनेटमै सम्पन्न भएको थियो । किन यति छिट्टै छुट्टनि लाग्नुभएको नि ? भन्ने प्रश्नमा नायिका
लामाले साप्ताहिकसँग भनिन्- 'विचार नमिलेर, मैले ऊसँग नबस्ने निर्णय गरसिकें ।'
विवाह भएको १५ दिनमै डिजे शिशिरसँग सम्बन्ध सकिएको घोषणा गरेर शिशिरको घर छोडेकी नायिका लामा सात दिन साथी गायिका निशा सुनारकहाँ बसिन् । निशाको घरमा बसेकै बेला शिशिरले घर जान आग्रह गरेपछि उनी श्रीमान्को घर गएकी थिइन् । 'शिशिरसँगको विवादका कारण निशाकोमा गएकी हुँ, तर त्यसबेला निशा बिरामी हुनुले पनि उनको केयरका लागि जानुपर्ने स्थिति थियो' पूजाले भनिन्- 'पछि शिशिर आएर मिलेर बसौं भनेपछि म उनीसँगै जान बाध्य भएँ ।'
पूजा र शिशिरबीचको भिडियो सार्वजनिक भएपछि उनीहरूले विवाह गरेका थिए । भिडियो सार्वजनिक भएको पर्सिपल्टै विवाह गरेका उनीहरूबीच बढीमा एक साता मात्र सुमधुर सम्बन्ध रह्यो । पूजाका अनुसार विवाहको केही दिनमै शिशिरले तिमीसँग विवाह गर्न मैले आफैंले भिडियो सार्वजनिक गरेको हो भनेपछि उनमा शिशिरप्रति घृणा जागेको थियो । 'कसैले आफ्नी श्रीमतीसँगको गोप्य सम्बन्धलाई आफैं पर्दाफास गरेको हो भन्छ भने त्यस्तो श्रीमान्प्रति मैले कसरी विश्वस्त बनेर जीवन बिताउने ?' प्रश्नोत्तर शैलीमा उनले भनिन्- 'विवाह गर्नकै लागि धोका दिने श्रीमान्ले भोलिका दिनमा झन् कति धोका दिँदै जाला आफैं अनुमान लगाउन सक्नुहुन्छ ।'
यता डिजे शिशिरले भने पूजासँगको भिडियो आफूले सार्वजनिक नगरेको दाबी गरे । शिशिरले यो कुरा सुनेर आफू आश्र्चयमा परेको बताउँदै जीवनमा गर्दै नगरेको गल्तीको आरोप सुन्नुपरेको बताए । 'सतिले सरापेको देशमा राम्रो गर्नेको नराम्रो नै हुन्छ भन्छन् नि' उनले भने- 'मैले उनको बेइज्जतिलाई साम्य गर्न विवाह गरेर सम्बन्धको नाम दिएको हो, मैले भिडियो सार्वजनिक गरेको भए म यहाँ नभएर भागिसकेको हुन्थें ।' पूजाले शिशिरले नै भिडियो सार्वजनिक गरेको बताएकाले अहिले होइन भन्नुलाई नौटंकीको संज्ञा दिइन् ।
विवाहका प्रारम्भिक दिनमा खुसी-खुसी चलिरहेको जीवनमा सानो झगडाले विवादको बीउ रोपेको शिशिर बताउँछन् । उनका अनुसार सानो झगडालाई पनि ठूलो रूप दिने पूजाको बानीले गर्दा पनि विवाद ठूलो बन्दै गएको हो । शिशिरले भने- 'मेरो अन्य युवतीसँग सम्बन्ध छ भनेर उनले विवाद बढाइन् । मेरो पुरानी गर्लफ्रेन्डसँग अद्यावधि सम्बन्ध छ भन्ने उनको भनाइ छ, तर ती गर्लफ्रेन्ड कहाँ छिन् भन्ने मलाई नै थाहा छैन ।'
शिशिरको भनाइको खण्डन गर्दै पूजा भन्छिन्- 'उसले विवाहअघि प्रेमसम्बन्ध रहँदा मेरो पहिलो प्रेम तिमी नै हो भनेको थियो, तर विवाहलगत्तै ऊसँग थुप्रै युवतीसँग सम्बन्ध रहेको थाहा पाएँ, त्यसकारण पनि मलाई उसको व्यवहार सही छैन जस्तो लाग्यो । झूटो बोल्ने उसको बानी रहेछ ।'
त्यसो त को सत्य को झुटो उनीहरू आफैँ जानुन् तर मन नपर्ने मान्छेको सासै गन्हाउँछ भन्ने उक्ति चाहि प्रमाणित भयो है ।
Home Unlabelled सँगै बस्दैमा,सँगै सुत्दैमा र विवाह हुँदैमा हुन्छ र ?
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment