जेठ १५,काठमाडौ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनुपस्थित भएपछि आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तेस्रो पटक स्थगित भएको छ ।
संयन्त्रको बैठकमा भाग लिनुको साटो नेपाली कांग्रेसका सभापति सुशील कोइराला पूर्वसूचनाबिनै पार्टी कार्यक्रममा भाग लिन चितवन हान्निएपछि बैठक स्थगित भएको हो ।
यसअघि पनि कोइरालाले आइतबार बिहान बालुवाटारमा सरकारसँग बैठक बस्नुअघि नै त्यही साँझ तय भएको संयन्त्रको बैठक ‘साँझ मेरो अरु नै मिटिङ तय भएको छ’ भनेपछि सोमबार बिहान ९ बजे बैठक सरेको थियो ।
कोइरालाले सोमबारको बैठक पनि बन्दिपुरमा पार्टीको कामा जाने निहुँमा टारीदिएका थिए । र, आज पनि नेताहरूलाई खबरै नगरी बिहानै चितवन हानिएका हुन् । कोइराला बैठकमा उपस्थित नभएपछि आजको संयन्त्रको बैठक पनि स्थगित भएको छ ।
Post a Comment