जेठ १५,सोलुखुम्बु ।
अन्तर्राष्ट्रिय तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०७०को उपाधि रामकुमार राजभण्डारीले जितेका छन् । सोलुखुम्बुका भण्डारीले निर्धारित दुरी ३ घण्टा ५९ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।
यस्तै, सोलुखुम्बुकै डिबि कुलुङ्ग राई दोस्रो भए उनले निर्धारीत दुरी ४ घण्टा ११ मिनेट ०५ सेकेण्डमा पार गरे । यसैगरि ४ घण्टा १२ मिनेट ०९ सेकेण्डमा दुरी पूरा गरेका नेपाली सेनाका तिर्थ तामाङ्गले तेस्रो स्थान ओगटे ।
प्रतियोगिताका विजेता राजभण्डारीले नगद १ लाख रुपैयाँ सहित उपाधि हात पारेका छन् । यसैगरी, उपविजेता राईले ७५ हजार र तृतिय हुने तामाङ्गले ५० हजार रुपैँया प्राप्त गरे ।
नेपालकै सबैभन्दा अग्लो स्थानमा ५ हजार ३ सय मिटरको उचाइमा रहेको आधार शिविरबाट सुरु म्याराथन ३ हजार ४ सय ५० मिटरको उचाइमा रहेको नाम्चे बजारमा पुगेर टुङ्गिएको थियो । म्याराथनमा ३५ नेपाली सहित १ सय ३१ धावक सहभागि थिए ।
पहिलोपटक सगरमाथामा पाइला टेकेको अवसर पारेर आयोजना गरिने प्रतियोगिता सन् २००३ यता हरेक वर्ष मे २९ कै दिन तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको नामले आयोजना हुँदै आएको छ ।
Post a Comment