हट मोडल पूनम पाण्डेको फिल्म ‘नशा’ को रिलीज डेट तय

आफ्नो अभिव्यक्ति तथा बानीका कारण धेरैनै चर्चामा रहने गरेकी बलिउड मोडल पूनम पाण्डेको पहिलो हट फिल्म ‘नशा’ को रिलिज डेट घोषणा गरिएको छ । पूनमले यस अघिनै यस फिल्मलाइ हिन्दी फिल्म इन्डस्ट्रीको सबैभन्दा बोल्ड फिल्म घोषित गरिसकेकी छन ।
पूनम पाणडेको मुख्य भूमिका भएको यो फिल्म ‘नशा’ को रिलीज डेट तय भएको छ । यो फिल्म २६ जुलाईका दिन रिलीज हुने बताइएको छ । यस फिल्मलाइ मल्टीप्लेक्सहरूका साथमा सिङ्गल स्क्रीन हलहरमा पनि रिलीज गरिनेछ ।
यस फिल्म को पहिला ट्रेलर जूनको पहिलो सप्ताहमा कुनैपनि बेला रिलिज गरिने बताइएको छ । यो जानकारी फिल्मका निर्देशक अमित सक्सेनाले बताएका हुन ।
अमित सक्सेनाका अनुसार फिल्म लगभग बनेर तयार भैसकेको छ । अब मात्र पोस्ट प्रोडक्‍शनको काम बाँकी छ। यो काम पनि छिटै सकिने उनले बताएका छन ।
‘नशा’ फिल्म अघि अमित सक्सेनाले जोन अब्राहम र बिपाशा बसुका साथमा बोल्ड फिल्म ‘जिस्म’ बनाइसकेका छन ।
‘नशा’ एक १८ बर्षको युबक तथा २५ बर्षीय युवतीका बिचको प्रेक कथामा आधारित फिल्म हो । यस प्रेमकथालाइ निकै बोल्ड अन्दाजमा प्रश्तुत गरिएको छ ।
यस फिल्ममा पुनमको हट अन्दाजलाइ कति धेरै दर्शकहरूले मन पराउने हुन त्यो भने हेर्न फिल्म रिलिज हुने मिति नै कुर्नुपर्ला ।

Share this:

Post a Comment

 
Copyright © 2025 FILMYKURA ..news,gossips and more.. Designed by OddThemes