बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरिन

जेष्ठ २१-मुम्बई ।
भारतको मुम्बईमा बलीउड अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन । उनले बलिउड फिल्म इन्डष्ट्रिजमा निशब्द, गजनी र हाउसफुल जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन ।
सोमवार जियाले आफ्नो जुहू स्थित घरमा आत्महत्या गरेकी छन । जियाले आफ्नो फिल्मी करिअरको शुरुवात बलिउडका महानायक अमिताभ बच्चनका साथ ‘निशब्द’ फिल्ममा काम गरेर गरेकी थिइन ।
यस बाहेक बलिउड अभिनेता आमिर खानका साथमा उनले फिल्म ‘गजनी’ र अक्षय कुमारका साथमा उनले फिल्म ‘हाउसफुल’ मा काम गरेकी थिइन ।
अल्म ‘हाउसफुल’ मा देखा परेकी थिइन । यस फिल्ममा अक्षय कुमार र जिया खान बाहेक दीपिका पादुकोण, रितेश देशमुख र लारा दत्ताले पनि अभिनय गरेका छन ।
जिया खानको अन्तिम ट्वीट
जिया खानले गत २३ मे का दिन अन्तिम ट्वीट गरेकी थिइन । उनले यस ट्विटमा लेखेकी थिइन ‘मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ‘।


Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes