ममाथि शोषन भयो : रेखा थापा


जेठ २१,काठमाडौं (फिल्मीकुरा) ।

नायिका रेखा थापाले आफू विरुद्ध भ्रामक समाचार लेखेको भन्दै एक साप्तहिक पत्रिकाका सम्पादक माथि गुनासो पोखेकी छिन् ।

फेसबुक मार्फत नायिका थापाले दृष्टि साप्ताहिकका सम्पादकले आफ्ना बारे तथानाम लेखेर महिला हिंसा गरेको आरोप लगाएकी छिन् । उनले लेखेकी छिन्–दृष्टि साप्ताहिकका सम्पादक उमेरले मेरो काका जस्तै आदरणीय हुनुहुन्छ । तर एउटा सभ्य मान्छेले महिलाको चरित्र माथि यसरी जथाभावी लेख्न लेख्ने छुट हुन्छ ? 

आफ्नो स्टटसमा रेखाले महिलासँग अनुचित सम्बन्ध राख्नेहरुले नै महिलाका चरित्र माथि यसरी प्रश्न उठाउने दाबी समेत गरेकी छिन् । त्यसैले सम्पादकलाई एउटा ऐनाको आवश्यकता परेको पनि उनले जिकिर गरेकी छिन् । 

सम्पादकप्रति व्यँग्यत्मक रुपमा प्रस्तुत हुँदै थापाले सम्पादकको छोरी र भतिजीमाथि कसैले प्रश्न उठाउने दिन नआओस् भन्ने कामना गर्दै आफूले मानहानीको मुद्दा पनि नहाल्ने प्रष्ट पारेकी छिन् । 

एकीकृत माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाशसँग आफ्नो नाम जोडेर समाचार छापिएपछि रेखाले आक्रोश मिश्रित स्टाटस् पोष्ट गरेकी हुन् । 

Share this:

Post a Comment

 
Copyright © FILMYKURA ..news,gossips and more.. Designed by OddThemes